×

NMB BANK
NIC ASIA

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

प्रदेश नामाकरण र राजधानी तोक्न नौटंकी : सरकारी खर्चमा भारततिर घुमघाम गर्दै सांसदहरू

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पटक–पटक म्याद थप गरेर यहीँ मंसिर मसान्तसम्मको अन्तिम मिति रहेको प्रदेशको नामाकरण र राजधानी तय गर्न गठित विशेष समिति हाल भारतको नयाँ दिल्लीमा छ ।

Sagarmatha Cement
Muktinath Bank

अन्तिम पटक भनेर गएको जेठमा ६ महिनाका लागि भनेर थप गरिएको समितिको म्याद सकिनै लाग्दा समेत छलफलदेखि अन्य कुनै प्रक्रिया अगाडि देखिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समयसीमा सकिनै लाग्दा प्रदेशमा छलफल गरेर निचोडतिर लाग्नुभन्दा विदेश भ्रमणमा निस्कनु ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने समितिमा लागू भएको छ ।


Advertisment
Nabil box
Kumari

विभिन्न शीर्षकमा ५० लाख रुपैयाँ खर्च गरिसकेको समितिले शनिवारदेखि ७ लाख रुपैयाँ लिएर भारतमा संघीयता लागू भई राजधानी र नामाकरण तय गर्दा कसरी गरेका थिए भन्ने बुझ्न १५ सदस्यीय टोली भ्रमणमा निस्किएको हो ।

Vianet communication
Laxmi Bank

१५ सदस्यीय टोलीले पञ्जाब र चण्डीगढको अध्ययन गर्ने बताइएको छ । ती शहर प्रदेशका राजधानी हुन् । 

भ्रमण टोलीमा समितिका सभापति दीपेन्द्र पुन, सदस्यहरू वीरबहादुर राना, कल्पना पाण्डे, तारा जिसी, तुलसी चौधरी, कल्पना पाण्डे लगायत १० जना र २ जना संसद सचिवालयका कर्मचारी गरी १२ जनाको टोली छ तर समितिकै सदस्यले राज्यको लाखौं रुपैयाँ दुरुपयोग गरेर यस्ता भ्रमण गर्न आवश्यक नभएको बताए ।

समितिका सदस्य बैजनाथ कलवारले जनतालाई भ्रममा पार्न यस्ता भ्रमण र अध्ययन अनावश्यक रहेको बताए । ‘न यो समितिले पूर्ण अधिकार छ । कर्मकाण्डको नाममा यस्ता भ्रमण निरर्थक छन् । किन खुट्टा कमाउने भोटिङमा लैजान ? भोटिङले जहाँ जित्छ त्यहीँ हुन्छ,’ उनले भने, ‘केन्द्रका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको हातमा समेत राजधानीको विषय अड्किएको छ ।’

मुख्यतः प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरणलाई टुंगो लगाउन चासो दिएका छैनन् । गृहजिल्ला दाङ भएका पोखरेल राजधानी दाङलाई बनाउन चाहन्छन् तर दाङ राजधानी बनाउन त्यति सहज नभएपछि यसलाई विभिन्न बहाना बनाएर प्रदेश स्थापना भएको २ वर्षसम्म पनि यो विषय टुंगोमा पुर्‍याउन चाहेका छैनन् ।

२०७४ माघ २१ गते प्रदेश ५ स्थापना भएको थियो । भूगोल, वातावरण र सुरक्षाका हिसाबले पनि प्रदेश राजधानी कहाँ उपयुक्त हुन्छ भनेर पनि छलफल गरिएको थियो । 

प्रदेशको भूुगोलबारे अध्ययन गरेका भूगोलविद् कृष्णप्रसाद पौडेलले भौगोलिक हिसाबले राजधानी कहाँ राख्दा उपयुक्त देखियो भन्नेबारे बोल्न चाहेनन् । उनले भने, ‘केही दिनभित्र प्रतिवेदन समितिमा पठाउँछौं । अनि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ  नि !’

प्रदेश ५ राजधानीको विषय नेताहरूले प्रतिष्ठाको विषय बनाएका छन् । मुख्यमन्त्री पोखरेलले राजधानी दाङ र बुटवलका नेकपा महासचिव विष्णु पौडेलले स्थायी राजधानी बुटवलबाट कहीँ नजाने बताउँदै आएका छन् । एउटै पार्टीका नेताहरू विभाजित भएपछि प्रदेशको टुंगो लाग्न नसकेको हो ।

८७ सदस्यीय प्रदेश सभामा नेकपाको दुईतिहाइ बहुमत छ । प्रमुख प्रतिपक्षले संसदमा पटक–पटक राजधानीको विषय टुंगो लगाउन आग्रह गर्दै आएपनि कुनै सुनुवाइ भएको छैन । पश्चिम क्षेत्रका सांसदले दाङ राजधानी हुनुपर्ने भन्दै आएका छन् भने साविक लुम्बिनी र प्युठानका सांसदले बुटवल नै स्थायी राजधानी हुनुपर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x