साग खेलकुद : पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य पदक

फाइल फोटो

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेह्रौं संस्करणअन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्यपदक हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।


Advertisement

माल्दिभ्सले पेश गरेको ९५ रनको लक्ष्य नेपालले १६ ओभर १ बलम ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाललाई जीतसम्म डोहोर्‍याउने क्रममा आरिफ शेखले सर्वाधिक ३२, ज्ञानेन्द्र मल्लले २२, रोहित पौडेलले १५, विनोद भण्डारीले १२ पवन सर्राफले १०, पारस खड्काले ३ तथा दीपेन्द्र ऐरीले २ रनको योगदान गरे ।


Advertisement

माल्दिभ्सका लागि उमर अदमले ३ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो ।

कमेन्ट गर्नुहोस्