×

NMB BANK
NIC ASIA

१८ महिलाले पाए सेनेटरी प्याड बनाउने काम

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन् । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आईइडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य सङ्घले दुई महिनादेखि सेनेटरी प्याड सिलाउने काम सञ्चालन भइरहेको छ ।

Muktinath Bank

प्याड सिलाइमा काम गर्नेहरु बिहान १० बजे आउने र दिउँसो साढे ३ बजे फर्कने गरी काममा लगाएको टोलीनेता सरिता मल्लले बताइन्। उनको काम उत्पादन भएको प्याड व्यवस्थित बनाएर त्यससँगै साबुन र अन्य जानकारीमूलक सामग्री राखेर झोलामा पोको पार प्याक गर्ने हो । 'महिनाको ९ हजार दिने गरेर १८ जना महिलालाई रोजगारी दिइरहेका छौँ', उनले भनिन्, 'तत्कालका लागि ६ महिनाको योजना बनाएर काम शुरू गरिएको छ ।' त्यसरी काम गर्न थालेको दुई महिना भयो । काममा धुलिखेल, बतासे, बनेपा, खावा लगायतका महिलाहरु सो काममा लागिरहनुभएको छ । दिनमा ६०/७० प्याकेट प्याड उत्पादन हुने मल्लले बताइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरुमा एक हप्ताको तालीम दिएर सिकेकामध्ये १८ जनालाई प्याड उत्पादनमा अवसर प्रदान गरेको रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष रञ्जीव श्रेष्ठले बताए। उनले भनिन्, 'अहिलेसम्ममा दुई हजार पोका उत्पादन गरिसकेकोमध्ये केही मात्रमा विद्यालयका बालिकालाई वितरण गरिसकेका छौँ ।' उत्पादन गरेको प्याडसँगै प्रयोग गर्ने जानकारीमूलक सामग्रीसहितको पोको बनाएर विद्यार्थीलाई वितरण गर्ने गरेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

दुईवटा सेनेटरी प्याडसँगै त्यसको प्रयोग गर्ने तरिका, साबुन, प्रजनन स्वाथ्यसम्बन्धी जानकारी र अन्य सरसफाइका बारेमा समेत जानकारीमूलक सामग्री रहेको पोको तयारी पारी विद्यालयका विद्यार्थीलाई वितरण गर्दै आएको श्रेष्ठले बताउनुभयो । त्यसरी उत्पादन गरेको प्याड अहिलेसम्ममा धनुषा जिल्लाको ६ र सिरहा जिल्लाको १२ गरी १८ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकेको जनाएको छ । उनका अनुसार नेपालमा उत्पादन हुँदै आएको प्याडमा पनि उच्च गुणस्तरको कपडा प्रयोग गरी बनाएको सो प्याड बातावरणमैत्री रहेको छ । त्यसरी बनाएको प्याड प्रयोग गरेको दुईदेखि तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिने जनाएको छ ।

Vianet communication
Laxmi Bank

अहिलेसम्ममा दुई हजार वटा प्याड उत्पादन गरिसकेको र अब तीनदेखि पाँच हजार प्याड उत्पादन गर्ने र विभिन्न जिल्लाका ५० वटा विद्यालयमा वितरण गर्ने योजना रहेको श्रेष्ठले बताए। सो परिमाण सम्पन्न भएपछि सिलाइमा प्रयोग भएको २५ वटा मेशिन, ६ वटा इन्टर लग र पाँच वटा कपडा काट्ने मेशिन व्यावसायिक तालीम केन्द्र स्थापना गरी उद्यमी महिलालाई वितरण गर्ने योजनामा रहेको क्लबका पूर्वअध्यक्ष श्रेष्ठले बताए।

धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष मञ्जुकुमार कोजुले क्लबले आयोजना गरेको परियोजनामा निःशुल्क रुपमा हल उपलब्ध गराएको बताउनुभयो । अध्यक्ष कोजुले भने, 'परियोजना सकेपछि पनि विद्यालय, सङ्घसंस्था र कुनै अस्पतालले माग गरेको खण्डमा प्याड निर्माण गरी वितरण गर्ने किसिमले कामलाई निरन्तरता दिन उद्योग वाणिज्य सङ्घले योजना बनाइरहेको छ ।' एकातिर आवश्यकताको विषय, अर्कोतिर महिलाले पाएको रोजगारीलाई निरन्तरता दिनका लागि उद्योग वाणिज्य सङ्घ लागिरहेको उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x