२६ जेठ २०८३, मंगलबार

भोलि जोर नम्बर मात्र चल्ने पाउने, ट्राफिकले भन्यो– रंगशाला आसपासमा सवारी नचलाउनू

मंसिर २३, २०७६
भोलि जोर नम्बर मात्र चल्ने पाउने, ट्राफिकले भन्यो– रंगशाला आसपासमा सवारी नचलाउनू

भोलि (मंगलवार) दशरथ रंगशाला वरिपरि सवारी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको समापन समारोह हुने दिन मंगलवार दशरथ रंगशाला क्षेत्रमा मानिसहरूको भीडभाड बढी हुने भएकाले त्यस क्षेत्रमा सकभर सवारी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

भोलि उपत्यकाभित्र जोर नम्बर प्लेटका सवारी साधनहरू मात्र चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ । जोर नम्बरका सवारी साधनलाई पनि सकेसम्म रंगशाला आसपास नजान प्रहरीको अनुरोध छ ।

साथै दशरथ रंगशालामा खेल हेर्न आउने दर्शकले प्रयोग गर्ने सवारीवारी साधनका लागि पनि पार्किङ स्थल तोकिएको छ ।

खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणको पार्किङस्थल काठमाडौं मलअगाडिको टुँडिखेललाई तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्