साग महिला फूटबलमा नेपाल रजत पदकमा सीमित, भारत फेरि बाधक बन्दा प्रशिक्षक खड्काले दिए राजीनामा

तस्वीर : प्रशिक्षक खड्काको फेसबूकबाट

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला फूटबलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

पोखरामा सोमवार भएको फाइनल भिडन्तमा भारतसँग २–० ले पराजित भएपछि घरेलु टोली नेपालले रजत पदकमा चित्त बुझाएको हो ।


Advertisement

साग फूटबलमा नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको यो तेस्रोपटक हो । भारत सधैँ नेपाली टोलीका लागि तगारो बन्ने गरेको छ ।

पराजयसँगै नेपाली टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।


Advertisement

स्वर्ण जित्ने लक्ष्य राखेपनि असफल भएकाले नैतिकताक आधारमा राजीनामा दिने घोषणा उनले सञ्चारकर्मीमाझ गरेका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्