बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोपमा युवक पक्राउ

बिहेको आश्वासन दिएर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। यो घटना सिरहा नगरपालिका– ६ को हो। 

२८ वर्षीय दीपेन्द्र महराले  १७ वर्षीया किशोरीलाई ललाइफकाइ बिहेको आश्वासन दिएर बलात्कार गरेको प्रहरीको दाबी छ। 


Advertisement

प्रहरीका अनुसार ती युवकले किशोरीलाई २६ कात्तिक राति राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखेर बलात्कार गरेका थिए।

त्यसलगत्तै युवक  फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी दिएका थिए। उजुरीका आधारमा  उनलाई पक्राउ गरेको र आवश्यक कानुनी कारवाहीका लागि उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।


Advertisement

कमेन्ट गर्नुहोस्