सागका खेलाडीका लागि प्याकेज घोषणा गर्दै प्रधानमन्त्री ओली

साग समापनलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहलाई सम्बोधन गर्ने भएका छन्।

अस्वस्थताका कारण उनले सागको समापन समारोहलाई मंगलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने छन्।


Advertisement

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकुद (साग) मुल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार प्रम ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नेछन्।

‘प्रधानमन्त्रीले बुधबार खेलकुदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ,’ पत्रकार सम्मेलनमा उनले भने।


Advertisement

पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सिलवालको भनाइ छ। उनले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताए।

मंसिर १५ गतेदेखि शुरु भएको १३औँ सागको मंगलबार समापन हुँदैछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्