के हो अप्टिकल फाइबर ?

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण हुने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीका अनुसार सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि समेत सूचना महामार्गले मुलुकमा प्राविधिक र आर्थिक रूपान्तरण ल्याउन मद्दत पुग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्गहरू, जिल्ला सदरमुकाम र नगरपालिकालाई समेत यस आयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य छ ।


Advertisement

नेपाल टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया गरी कुल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।

आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ ।


Advertisement

यसका साथै आवश्यकताअनुसार ४०० गिगाविट प्रतिसेकेन्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविट प्रतिसेकेन्ड क्षमताका पोर्ट तथा १० गिगाविट प्रतिसेकेन्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । यस अप्टिकल फाइबर सञ्जालमा करिब २६ स्थानमा डीडब्ल्यूडीएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् ।

अहिलेसम्म एउटा टावरबाट अर्को टावर गर्दै माइक्रोवेभ लिंकबाट डाटा आदान प्रदान गरिरहेको नेपाल टेलिकमलाई विभिन्न कारणले टावर क्षतिग्रस्त हुँदा त्यस क्षेत्रको सञ्चार सम्पर्क नै लथालिंग हुने स्थितिबाट अप्टिकल फाइबरले छुट्टि दिने भएको छ ।

नेपालमा अप्टिकल फाइबर मुख्यतया दूरसञ्चार सेवामा व्यापक प्रयोग हुन थालेको छ । यसबाहेक विद्युत् प्राधिकरण र केही केबुल इन्टरनेट प्रदायकले पनि यसको प्रयोग गर्न थालेका छन ्। विश्वको सन्दर्भमा हेर्दा दूरसञ्चारका अतिरिक्त बैंकिङ तथा वित्तीय निकायहरू, सुरक्षा, टेलिभिजन प्रसारणलगायतका क्षेत्रमा अप्टिकल फाइबर नेटवर्कको प्रयोग हुने गरेको छ ।

अप्टिकल शब्दबाट नै स्पष्ट हुन्छ कि यो दृश्य अथवा प्रकाशसित सम्बन्धित हुन्छ । अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिकालगायतका अधातु प्रयोग गरिन्छ । यसको बनोट तीन तहमा हुन्छ । बीचमा कोर हुन्छ, जुन यसको डाटा हिँड्ने मुख्य भाग हो । त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात् कभर हुन्छ ।

अप्टिकल फाइबरमा साधारण तारभन्दा धेरै उच्च गतिमा तर कम चुहावटमै डेटा ट्रान्सफर गर्न सकिन्छ । यसमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिकालगायतका अन्य अधातु प्रयोग गरिन्छ ।

यसको बनोट तीन तहमा हुन्छ । बीचमा कोर हुन्छ, जुन यसको डाटा हिँड्ने मुख्य भाग हो । त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात् कभर हुन्छ ।

प्रकाशको गतिमा तथ्यांक आदान प्रदान गर्ने भएकाले यो अति शीघ्र डाटा आदान प्रदानको माध्यम हो । कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोरबाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुन कोरतिर नै फर्काइदिन्छ । यसरी बाउन्स हुँदा हुँदै पहुँचसम्मको परिपथ बन्द छ । भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाई डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ, यसलाई ज्याकेट भनिन्छ । यी सबै तह मिलेर बनेको अप्टिकल केबुल पनि धेरै भद्दा हुँदैन ।

सानो छरितो तारबाट बिनाझन्झट धेरै डाटा आदानप्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो । पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हालसम्म ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरण बनेका छन् । नेपालमा प्रयोग भइरहेको उपकरणले १० गिगाहर्जर सेकेन्डको गतिमा तथ्यांक आदानप्रदान गर्दछ ।

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्र आबद्ध हुनेछन् ।
अप्टिकल फाइबर केबल जमिनमुनि र माथिबाट प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट डाटा चुहावट नहुने भएकाले नै लोकप्रियता बढ्दै गएको छ ।

सन् १९५२ मा संयुक्त अधिराज्यका वैज्ञानिक नरेन्दर सिंह कापनीले सर्वप्रथम फाइबर अप्टिकको निर्माण गरेका थिए । भौतिकशास्त्री जोन टेन्डलको सिद्धान्तमा आधारित रहेर प्रकाश तरंगलाई अप्टिकल फाइबरका रूप दिइएको हो ।

अप्टिकल फाइबरको बनोट

अप्टिकल फाइबरमा प्लास्टिक, काँच र सिलिकालगायत अधातु (नन–मेटल) प्रयोग गरिन्छ । यसको बनोट विभिन्न तीन तहमा हुन्छ । बीचमा मुख्य भाग (कोर) हुन्छ, जुन यसको डाटा प्रसारण हुने मुख्य भाग हो । त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात् कभर (खोल) हुन्छ ।

मुख्य भाग काँच, फाइबर र अन्य प्युरिटीले बनेको हुन्छ, जसमा प्रकाशको पूर्ण आन्तरिक परावर्तन (टोटल इन्टर्नल रिफ्लेक्टिङ)का आधारमा डाटा आदानप्रदान हुन्छ ।

कोरभन्दा बाहिर रहेको क्ल्याडिङले कोरबाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुनः कोरतिरै फर्काइदिन्छ । भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाई डेन्सिटी पोलिथिनले बनेको खोल राखिएको हुन्छ, जसलाई ज्याकेट भनिन्छ । राजधानी दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्