×

NMB BANK
NIC ASIA

एक महिना पर धकेलियो नेपाल–अमेरिका वाणिज्य वार्ता

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको पाँचौँ बैठक एक महिना पर धकेलिएको छ । यही २६ मंसिरका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगन गरिएको हो । दुई मुलुकबीचको एक मात्र संयन्त्र ‘टिफा काउन्सिल’को बैठक अब पुसको अन्तिम वा माघको पहिलो साता बस्नेछ ।

Muktinath Bank

दुवै मुलुकका वाणिज्य सचिवले नेतृत्व गर्ने चौथो टिफा बैठक २७–२८ कात्तिक २०७५ भएको हो । अमेरिकाको वासिंगटन डिसीमा भएको चौथो बैठकले नै पाँचौँ बैठक काठमाडौंमा २०१९ भित्रै गर्ने भनेर तोकेको थियो । सोहीअनुसार १२ डिसेम्बरका लागि बैठक तय गरिएको थियो । दुवै मुलुकले आ–आफ्ना प्रस्ताव तथा छलफलका विषयसमेत आदान–प्रदान गरिसकेका थिए । तर, अमेरिकी पक्षले तयारी नपुगेको जानकारी गराएपछि बैठक स्थगन भएको मन्त्रालयका एक अधिकारीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ भित्रै टिफा काउन्सिलको बैठक गर्ने तयारी भए पनि तयारी नपुगेका कारण पछि सार्नुपरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताए । ‘बैठकको लागि दुवै पक्षले आ–आफ्ना तयारी गरेर केही विषयमा मस्यौदासमेत आदान–प्रदान गरेका थियौंँ’ उनले भने, ‘तर, थप तयारी गर्नुपर्ने देखिएपछि दुवै पक्षको सहमतिमा बैठक स्थगन गरेका हौँ ।’ अब आउँदो जनवरीको अन्तिमतिर बैठक राख्ने उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

नेपाल र अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा टिफा भएको थियो । दुवै देशले पालैपालो बैठक आयोजना गर्दै आएका छन् । यसअघि टिफाको तेस्रो बैठक ७ वैशाख ०७४ मा काठमाडौंमा भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x