×

NMB BANK
NIC ASIA

धान उत्पादनमा कमी हुँदा किसान मारमा

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चालू वर्ष धान उत्पादनमा कमी आएको छ । 

Muktinath Bank

धान रोपाइँको समयमा रासायनिक मलको अभाव, गाँज हाल्ने अवस्थामा पानीको अभावजस्ता कारणले यो वर्ष पर्सा जिल्लाको धान उत्पादनमा कमी आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षको तुलनामा ३ करोड ७७ लाख मूल्य बराबरको १ हजार ४१० मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । धान उत्पादनमा कमी हुँदा किसान आर्थिक मारमा परेका छन् । 


Advertisment
Nabil box
Kumari

कृषि ज्ञान केन्द्र पर्साका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरेकोमा २ लाख २५ हजार ८४० मेट्रिक टन धान उत्पादन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा १ हजार ४१० मेट्रिक टन धान उत्पादन कम रहेको छ । यसले किसानलाई ३ करोड ७७ लाख रुपैयाँ आर्थिक घाटा भएको वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादवले बताए ।

Vianet communication
Laxmi Bank

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा पर्सा जिल्लाका किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा २ लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गर्न सफल भएका थिए । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा प्रतिहेक्टर ५ दशमलव शून्य ५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टन मात्र धान उत्पादन भएको छ । 

यसवर्ष धान रोपाइँको समयमा आवश्यक पर्ने रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले समयमा मल उपलब्ध नगराउनुजस्ता कारणले यसवर्ष सोचे जस्तो धान उत्पादन नभएको किसान शेषमन पण्डितको भनाइ छ । 

नगदे बालीको रुपमा रहेको धानखेती गर्ने किसान पर्सा जिल्लामा ९० प्रतिशत रहेको तथा उनीहरूले उन्नत जातको धान सोना मन्सुली, हर्दिनाथ १, स्वर्णासव १, चैते २ र ४, बास्मती, रामधान जस्ता उन्नत जातको धानखेती गरेका थिए । 

यान्त्रिकीकरणको कारण पर्सा जिल्लामा किसानले वर्षमा दुई पटक धानखेती गर्दै आएको छ भने धानखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्र पर्साले अघिल्लो वर्ष ५५ मेट्रिक टन प्राङ्गारिक मल तथा सिँचाइको लागि २०१ थान विद्युतीय मोटर वितरण गरेकाले गतवर्ष धान उत्पादन राम्रो भएको बागबानी अधिकृत श्यामकिशोर कुशवाहाले बताए ।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत किसानका लागि रासायनिक मल उपलब्ध गराएपनि ती रासायनिक मल समयमा किसानसम्म पुग्न नसकेकाले पर्सामा धानखेती प्रभावित हुँदै आएको कृषि विज्ञको भनाइ छ । 

यता नेपालमा प्रतिबन्ध रहेको भारतीय धान सोना मन्सुली धानखेती गर्ने ७५ प्रतिशत किसान अहिले पनि सो धानखेती गर्दै आएको छ । भारतीय धान सोना मन्सुलीमा बढी रोगकीरा लाग्ने गरेको, दाना लाग्न बढी समय लाग्ने गरेको कारणले मकै, तोरी तथा सुर्तीबाली प्रभावित हुने गरेकाले यो धान नेपालमा प्रतिबन्ध लगाए पनि किसान यस खेतीतर्फ आकर्षित हँुदै आएका छन् । 

सोना मन्सुली धान १ क्वीन्टलमा ६५ किलो चामल दिने गरेको, उब्जनी पनि राम्रो हुने तथा भात खान पनि स्वादिलो हुने गरेकाले यसको खेती गर्दै आएको प्रसौनी विर्ताका किसान मुनिलाल यादवको भनाइ छ । जिल्लाको बहुसंख्यक जनसंख्या कृषिमा आधारित रहेको र ग्रामीण जनजीवनको माध्यम नै कृषि भएकाले कृषि ज्ञान केन्द्र वीरगञ्जले खाद्य वस्तुको बढ्दो आन्तरिक माग पूरा गर्न गराउन कृषि उत्पादन र उत्पादकत्व बढाउन ग्रामीण अर्थतन्त्रको दिगो विकासमा थप टेवा पुर्‍याउँदै आएको छ । 

उत्पादनमा ह्रास हुँदै आएपछि स्थानीय भारतीय चामलमा आश्रित हुँदै आएपछि परनिर्भरता पनि बढ्दै गएको छ । – वीरेन्द्र कर्ण/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x