१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबलको फाइनल खेलमा नेपालविरुद्ध भुटानले बराबरी गोल फर्काएको छ ।
मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफको ३६ औं मिनेटमा भुटानका कप्तान चेञ्चो ग्याल्सेनले बराबरी गोल फर्काएका हुन् ।
खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले अग्रता दिलाएका थिए ।
तस्वीर : चेञ्चो ग्याल्सेनको फेसबूक वालबाट
लोकान्तर संवाददाता