कृषि विकास बैंकले शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बैंकले ६ प्रतिशत शेयर लाभांश र २४ प्रतिशत नगद लाभांश दिने भएको हो । 


Advertisement

वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले लाभांश वितरण गरिने छ । 

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्