१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालले भुटानलाई दोस्रो गोल गरेको छ ।
मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलको ५२ औं मिनेटमा नेपालले दोस्रो गोल गरेको हो । नेपालका लागि सुनिल बलले गोल गर्दै दोस्रो अग्रता दिलाएका हुन् ।
यसअघि नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । तर पहिलो हाफको ३२ औं मिनेटमा भुटानका चेञ्चो ग्याल्सेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
तस्वीर : सुनिल बलको फेसबूक वालबाट
लोकान्तर संवाददाता