कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मंसिर २४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)को समापन समारोहमा भिडियोमार्फत सम्बोधन गरेका छन् ।
एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर आफ्नो निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्रीले भिडियोमार्फत समापन समारोहमा सम्बोधन गरेका हुन् ।
'यसपल्ट पहिला भन्दा बढी खेल भएका छन्, पदकहरू पनि धेरै राखिएका छन्,' प्रधानमन्त्री ओलीले भने, 'समग्रमा तेह्रौं साग ऐतिहासिक खेलकूद प्रतियोगिताका रूपमा रह्यो । सागले दक्षिण एसियाली देश र जनताका बीचमा एकता, मित्रता अभिवृद्धि गर्ने अपेक्षा गरिन्छ र त्यो अपेक्षा यसपटकको खेलकुदले सफलतापूर्वक पूरा गरेको छ ।'
प्रधानमन्त्रीले सम्बोधनका क्रममा खेलकुद प्रतियोगिताका सबै पक्षलाई धन्यवाद र बधाई पनि दिए ।
'काठमाडौँ पोखरा र जनकपुर बाट खेलहरू सफलतापूर्वक सम्पन्न हुनु र सुखद समापनमा आइपुग्नु ज्यादै खुसीको कुरा हो,' सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, 'यस सन्दर्भमा सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै देशका सरकारहरू र खेलक्षेत्रका व्यक्तित्वहरूलाई धन्यवाद भन्न चाहन्छु ।'
प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन साग खेलकुदले योगदान गर्ने अपेक्षा गरे । 'नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र योगदान पुर्याउने विश्वास गरेको छु,' उनले भने, 'खेलमा सहभागीलाई भ्रमण वर्षलाई मदत पुग्नेगरी योगदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।'
प्रधानमन्त्री ओलीले खेलमा अनुशासन प्रदर्शन गरेकोमा नेपाली खेलाडीलाई पनि धन्यवाद दिएका छन् ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...