लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, यस्ता छन् योग्यता [हेर्नुहोस् सूचना]

 लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।


Advertisement

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग गरेकाे छ ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्