भारतको ओडिसा राज्यको मयुभन्ज जिल्लामा ७२ वर्षीया वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमै बस्दै आएकी छन् ।
द्रौपदी बेहेरा नामकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने, सुत्ने गरेको जनाइएको छ ।
उनका नाति र छोरीलायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । राजधानी दैनिकमा खबर छ ।
छापाबाट