सागका विजेता खेलाडीहरूलाई भेट्दै प्रधानमन्त्री ओली, के होला 'सर्प्राइज प्याकेज' ?

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरूलाई  बधाई दिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार उनीहरूलाई प्रधानमन्त्री ओलीले भेटेरै बधाई दिन लागेको बताए । भेटका लागि प्रधानमन्त्री ओलीले उनीहरूलाई  बालुवाटारस्थित निवासमा बोलाएका छन् ।


Advertisement

 सल्लाहकार थापाका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरूलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरूप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ ।


Advertisement

कमेन्ट गर्नुहोस्