माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो ।
पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद गर्नका लागि उपमहानगरपालिकाले यो आर्थिक वर्ष रु सात लाख बजेट छुट्याएको छ । सोही रकमबाट उपमहानगरपालिकाले पहिलोपटक शहरी क्षेत्र वडा नं १४ र १५ सँगै शहरी क्षेत्रका रूपमा विकास हुँदै गरेका वडा नं १०, १३, १६ र १७ लगायतका वडाबाट प्लाष्टिकजन्य वस्तु खरीद गर्ने तयारी गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले जानकारी दिए।
प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न उपभोक्तालाई आग्रह गरेको छ । त्यसका लागि अहिले कार्यविधि बनाउने काम भइरहेकाले कार्यविधि बनेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उनले बताए । 'पहिलोपटक कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्यविधि बनाउँदैछौँ', केसीले भने, 'कार्यविधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।'
उनका अनुसार उपमहानगरपालिकाले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका सङ्घसस्थामार्फत प्लाष्टिक खरीद गर्ने तयारी गरेको छ । सङ्घसंस्थामार्फत खरीद गर्दा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन सकिने र सङ्कलनमा सहज हुने देखिएको उनले बताए। 'घोराही बजारसँगै शहरोन्मुख वडामा बढ्दै गरेको फोहर कम गर्नका लागि प्लाष्टिक खरीद गर्ने योजनामा छौँ', उनले भने, 'जसले घोराहीलाई प्रदूषण हुनबाट रोक्नका साथै वडा नं १६ मा रहेको डम्पिङसाइटको आयुसमेत बढाउनेछ ।'
गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने र नगल्ने फोहरका रूपमा रहेको प्लाष्टिकलाई खरीद गरेर बिक्री गर्नसके फोहर व्यवस्थापनमा समेत सहजता हुने शाखा प्रमुख केसीले बताए। प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफूले बिक्री गर्ने भएको छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा भइरहेको उनले बताए। अहिले उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...