कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबीटीओ) भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरू भएको छ ।
बुद्धिष्ट ट्राभल्स मार्टको उद्घाटन कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सीले नेपाल र भारतका बौद्ध पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि ट्राभल्स मार्ट महत्वपूर्ण रहने बताए ।
विश्वमा बुद्ध दर्शनको प्रभाव रहेकाले बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थान बोधगयासहित नेपाल र भारतका अन्य बौद्ध पर्यटकीय क्षेत्रहरुलाई जोडेर प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले यी क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्न सडक पूर्वाधार तथा पर्यटकमैत्री भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे।
कार्यक्रममा अशोका मिसनका अध्यक्ष भिक्षु लोप्जाङले बुद्ध शिक्षा र दर्शनको अझै प्रचार जरुरी रहेको बताए। इण्डोनेशियाका दुतबिरा बौद्ध क्याम्पसका भाइस रेक्टर इफन्दी हन्सेनले विश्वमा बुद्ध दर्शनको प्रभाव बढिरहेकाले उनीहरुलाई बुद्ध जीवनीसँग जोडिएका क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए।
सिद्धार्थ होटल सङ्घ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई बोधगयामा पठाउने र बोधगयामा आउने पर्यटकलाई लुम्बिनी पठाउन बुद्ध सर्किटका क्षेत्रलाई जोडेर नेपाल र भारतका पर्यटन व्यवसायीले पर्यटकीय प्याकेज तयार बनाउनुपर्ने बताए।
बुद्धिष्ट ट्राभल्स मार्टमा सिद्धार्थ होटल सङ्घ नेपाल, भारत, चीन, थाइल्याण्ड, श्रीलङ्का, भुटान, मलेशिया, कम्बोडिया, म्यानमालगायत १७ मुलुकका पर्यटन व्यवसायी एवं सरोकारवालाहरुको सहभागिता छ ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम, देवदहलगायत नेपालका अन्य बुद्धिष्ट क्षेत्रहरु र भारतका बोधगयासहित विभिन्न बुद्धिष्ट क्षेत्रहरुको प्रवद्र्धन, विकास प्रचारप्रसार गर्ने उद्देश्यले यसवर्ष पनि आइबिटिएम(इन्टरनेशनल बुद्धिष्ट ट्राभल मार्ट) लाई निरन्तरता दिइएको आयोजक संस्था एबिटिओका महासचिव कौलेश कुमारले जानकारी दिए।
सम्मेलनले दुवै देशका पर्यटन व्यवसायीहरुको हितलाई मध्यनजर गर्दै समन्वय र सहकार्य बढाउन मद्दत पुग्ने सिद्धार्थ होटल सङ्घ नेपालका महासचिव रविन्द्र शर्मा घिमिरेले बताए।
बुद्धिस्ट मार्टमा नेपाल र भारतमा रहेका बुद्धिष्ट क्षेत्रहरु जोड्न र एक ठाउँ आएका पर्यटक अर्को ठाउँमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समान धारणा बनाइने छ । सम्मेलनमा नेपालसहित भारतका विभिन्न ट्राभल्स एवं होटलहरुका २० वटा परिचयात्मक स्टलहरू राखिएका छन् ।
कार्यक्रममा सहभागी लुम्बिनी क्षेत्रका व्यव्सायीहरुले लुम्बिनी, भैरहवा र तिलोत्तमा क्षेत्रका होटलहरुमा रहेका सुविधाहरु, त्यहाँका व्यवसायीले प्रदान गर्ने आतिथ्यता, लुम्बिनीको टुर प्याकेज, यातायात साधन तथा सेवालगायतका विषयमा बिजनेश टु बिजनेश (बि–टु–बि) र बिटुसीसमेत गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालबाट होटल सङ्घका अध्यक्ष श्रेष्ठको नेतृत्वमा आएको टोलीमा लुम्बिनी, भैरहवा र तिलोत्तमा क्षेत्रका होटल व्यवसायी, सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन (सोट्टो) नेपाल प्रदेश नं ५ मा आबद्ध पर्यटन व्यवसायी र पत्रकार गरी ३३ जनाको सहभागिता छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...