विराट-अनुष्का दोस्रो वैवाहिक वर्षगाँठ मनाउँदै, अनुष्काले गरिन् नयाँ खुलासा

भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले आज दोस्रो वैवाहिक वर्षगाँठ मनाउँदै छन् । आजकै दिन सन् २०१७ मा उनीहरूले गोप्य रूपमा विवाह गरेका थिए ।

उनीहरूको विवाहको खबर सुनेर मानिसहरू अचम्ममा परेका थिए । वोग म्यागजिनसँग कुरा गर्दै अनुष्काले बिहेका लागि आफूले नामसमेत फेरेको बताइन् ।


Advertisement

अनुष्काले भनिन्, 'हाम्रो विवाहमा परिवार र केही नजिकका साथीहरू गरेर जन्मा ४२ जना सहभागी थिए । हामी विवाहलाई एकदमै घरेलु राख्न चाहेका थियौं । हामी यसलाई 'बिग सेलेब वेडिङ' बनाउन चाहेका थिएनौं ।'

अनुष्काले विवाहलाई गोप्य राख्नका लागि फेक नाम राख्नु परेको समेत बताइन् ।


Advertisement

बिहेअघि बढी काममा फोकस भएको बताउँदै उनले अहिले विराटका लागि समय निकाल्न थालेको बताइन् र त्यो जरुरी पनि भएको उनको भनाइ थियो ।

 

कमेन्ट गर्नुहोस्