×

NMB BANK
NIC ASIA

चर्चा नयाँ सभामुखको

खोजी नयाँ सभामुखको : ५० महिनापछि सम्माननीयको कुर्सीमा फर्केलान् नेम्वाङ ?

राजनीतिक सहमति जुटे पुस ६ मा निर्वाचन गर्ने सचिवालयको तयारी

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संसद्को हिउँदे अधिवेशन बोलाएपछि सांसदहरूको ध्यान नयाँ सभामुख चयनतर्फ केन्द्रित भएको छ । सत्तारुढ नेकपाभित्र सभामुखको नयाँ उम्मेदवार छान्न सकस शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सभामुख नहुँदा केही संवैधानिक जटिलता देखिएकाले संसद् अधिवेशनको पहिलो ‘बिजनेस’ सभामुख चयन हुने देखिएको छ । सभामुखको हैसियतमा उपसभामुखले सूचना आयोगमा पदाधिकारी सिफारिस गर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालयमा कार्यतर एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल परेपछि साढे २ महिनादेखि संसद् सभामुखविहीन छ । महिलामाथि दुर्व्यवहारको आरोप लागेपछि महराले असोज १४ गते राजीनामा दिएका थिए ।


Advertisment
Nabil box
Kumari

भावी सभामुखको रेसमा ३ जना देखिएका छन्, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमन्त्री समेत रहेका प्रभावशाली सांसद् अग्नि सापकोटा । 

Vianet communication
Laxmi Bank

२०७५ जेठ ३ गते पार्टी एकता हुनुपूर्व तत्कालीन एमाले र माओवादी केन्द्रबीचको भागबण्डामा सभामुख माओवादीको भागमा परेको थियो ।

त्यो बेला राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष एमालेलाई तथा उपराष्ट्रपति र सभामुख माओवादीलाई दिनेगरी भागबण्डा मिलाइएको थियो ।

प्रतिनिधि सभाको उपसभामुख एमाले र राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिएका थिए । 

विगतमा आफ्नो भागमा परेकाले सभामुख पाउनुपर्ने पूर्व माओवादी पक्षको अडान छ । मंसिर ४ गते भएको मन्त्रिपरिषद् हेरफेरमा पनि पूर्वएमाले र पूर्वमाओवादी कोटामा भागबण्डा गरिएको थियो । 

पूर्वएमाले पक्ष भने पार्टी एकीकरण भइसकेको अवस्थामा माओवादी र एमालेकालीन भागबण्डा भनेर पार्टीमा चिरा पार्न नहुने धारणा राख्छन् ।

यसअघि देव गुरुङको समेत चर्चा भएकोमा पूर्व माओवादी खेमामा अहिले सभामुखका लागि अग्नि सापकोटा एकमात्र दाबेदार छन् ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका बहालवाला मन्त्री मोहन बस्नेतलाई पराजित गरेर सापकोटा संसद्‍मा आएका हुन् ।

उनी २०७० र २०६४ सालको चुनावमा पनि विजयी भएका थिए । तर सापकोटा सभामुखको उम्मेदवार हुने/नहुने भन्ने कुरा नेकपाका दुई अध्यक्षको निर्णयमा भर पर्नेछ ।

मन्त्रिपरिषद् हेरफेर र नेकपाको कार्यकारी अध्यक्ष लिने समयमा प्रचण्डले सभामुख पद ‘सेक्रिफाइस’ गरेको चर्चा माओवादी वृत्तमा छ ।

नेम्वाङ ५० महिनापछि फर्केलान् सम्माननीयको कुर्सीमा ?

सभामुखको रूपमा पूर्वएमाले खेमाबाट उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र सुवास नेम्वाङको नाम चर्चामा छ । मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेकी तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा नदिने अडान लिइरहेकी छिन् । महराले गरेको अपराधको सजाय आफूलाई दिन लागिएको भन्दै उनले आक्रोश पोखेकी छन् । 

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संविधानको व्यवस्थाका कारण उपसभामुखलाई राजीनामा गराएर सभामुख आफैंले सुरक्षित गर्ने नेकपाको रणनीति छ । त्यसका लागि नेकपाले उपसभामुख वामपन्थी गठबन्धनबाट चुनाव लडेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई उपसभामुख दिने विकल्पमा समेत चर्चा भइरहेको छ । 

अर्को विकल्पमा सरकारमा सहभागी रहेको समाजवादी पार्टी या सरकारलाई समर्थन गरेमा राजपालाई उपसभामुख दिने  विकल्पमा समेत छलफल भइरहेको छ । सरकारलाई समर्थन गरेर महन्थ ठाकुरलाई सभामुख बनाउने राजनीतिक गसिप पनि चलिरहेका छन्, तर सभामुख पद अन्य दललाई सुम्पिने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ दुवै देखिएका छैनन् ।

२०७२ असोज ३ गते नयाँ संविधान जारी भएको २६ दिनपछि अर्थात् असोज २९ गते सुवास नेम्वाङले ओनसरी घर्तीलाई सभामुखको कार्यभार सुम्पेका थिए । 

२०६३ सालमा पुनस्र्थापित प्रतिनिधि सभा, अन्तरिम संविधान जारी भइसकेपछि बनेको रूपान्तरित अन्तरिम व्यवस्थापिका तथा २०६५ सालमा गठन भएको पहिलो संविधानसभा र २०७० सालको संविधानसभाको कार्यकालको पहिलो २ वर्ष नेम्वाङ सभामुख बनेका थिए । 

संविधान सभाबाट संविधान जारी भएपछि बनेको एमाले र माओवादीको भागबण्डामा सभामुख माओवादीको भागमा परेपछि ओनसरी घर्ती सभामुख बनेकी थिइन् ।

नेम्वाङपछि ओनसरीले २ वर्ष र महराले डेढ वर्ष सभामुख चलाए । अहिले फेरि नेम्वाङको चर्चा चलिरहेको छ, नयाँ सभामुखको रूपमा । 

‘उहाँको चाहाना सभामुखमा दोहोरिनेभन्दा पनि शीतल निवासतर्फ हो, परिस्थितिले फेरि सभामुख बन्ने सम्भावना देखिएको छ,’ नेकपाका एक सांसद भन्छन् । सरकार र संसद्को सन्तुलन, प्रतिपक्षी दललाई मिलाएर लैजान सक्ने व्यक्तिलाई सभामुख बनाउने नेकपा नेतृत्वको चाहना छ । 

‘संसद्को गरिमा राख्दै राष्ट्रपति, प्रधानमन्त्रीसँग आँखा जुधाएर कुरा गर्न सक्ने सभामुख अहिलेको आवश्यकता हो,’ ती नेताको दाबी छ । प्रधानमन्त्री ओलीको चाहना सभामुखमा नेम्वाङ हुन् भन्ने रहेको नेकपा स्रोत बताउँछ । 

संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ प्रधानमन्त्री निवास बालुवाटारमा हुने महत्त्वपूर्ण बैठकमा सहभागी हुने गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँगै महत्त्वपूर्ण बैठकमा नेम्वाङ छुट्दैनन् ।

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगको भेटमा होस् या संक्रमणकालीन न्यायसम्बन्धी छलफलहरूमा पनि ओलीले नेम्वाङलाई सहभागी गराउने गरेका छन् । 

पूर्वसभामुख महराले संसद् चलाउँदा गरेका त्रुटिलाई लिएर संसदभित्र ‘संसदीय सर्वोच्चता र संसदीय मर्यादा’ कायम गर् भनेर नारा लगाउने प्रतिपक्षी कांग्रेस पनि नेम्वाङको विषयमा लचक बन्ने नेकपाको विश्वास छ । स्वयं नेम्वाङले भने सभामुख बन्ने/नबन्ने भन्ने विषयमा मुख खोलेका छैनन् ।

नेकपा संसदीय दलको बैठक (फाइल फोटो)राजनीतिक सहमति भए पुस ६ गते नै नयाँ सभामुख !

राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गसिकेपछि संसद सचिवालयले आन्तरिक कार्यतालिका बनाएको छ ।

उपसभामुख या जेष्ठ सदस्यको अध्यक्षतामा बैठक राखेर सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्न सकिने सभिवालयको गृहकार्य छ ।

अधिवेशनको पहिलो दिनमै दोस्रो बैठक राखेर सभामुख निर्वाचनको कार्यक्रम प्रकाशित गर्न सकिने सचिवालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

४ गतेको बैठकबाट सभामुख निर्वाचनको जिम्मा महासचिवलाई दिएमा ५ गते उम्मेदवार मनोनयन र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी कार्यक्रम बन्नेछ ।

राजनीतिक दलहरूबीच सहमति जुटेमा पुस ६ गते सभामुखको निर्वाचन गर्ने सचिवालयको प्रस्ताव छ ।

अधिवेशन शुरू हुनुपूर्व बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारे छलफल हुनेछ । अधिवेशन शुरू हुनुअगावै उपसभामुखले राजीनामा दिएमा सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्नेछन् ।

२०७४ फागुन २१ गते निर्वाचित सांसदहरूलाई शपथ गराउने बैठकको अध्यक्षता पनि ठाकुरले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x