दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गत पुरुष फूटबलमा भुटानले रजत पदक हात पार्यो ।
घरेलु टोली नेपालसँग २–१ ले पराजित भएपनि भुटानी फूटबलका लागि यो ऐतिहासिक उपलब्धि थियो ।
भुटानले दक्षिण एसियाली फूटबल प्रतियोगितामा पहिलोपटक फाइनल खेलेको थियो ।
खेल सकिएलगत्तै नेपाली दर्शकले नेपालको पक्षमा मात्र हुटिङ गरेनन्, भुटानी खेलाडीहरूलाई पनि साथ दिए ।
भुटानी खेलाडीहरू प्लेयर बक्सतिर फर्किँदै गर्दा दर्शकहरूले भुटान–भुटान भनेर हुटिङ गरेका थिए ।
नेपाली दर्शकले भुटानको पक्षमा हुटिङ गरेको भिडियो फेसबूकमा राख्दै भुटानी फूटबल फेडेरेसन (बीएफएफ) 'हामीले मन जित्यौं' भन्ने क्याप्सन दिएको छ ।
उक्त भिडियोको कमेन्ट बक्समा नेपालीले भुटानले साँच्चै मन जितेको प्रतिक्रिया दिएका छन् भने भुटानीहरूले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् ।
लोकान्तर संवाददाता