कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मंसिर २५, २०७६
दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को १३औं संस्करणका पदक विजेता नेपाली खेलाडीलाई बधाई र पुरस्कारको घोषणा गर्न बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो ।
प्रधानमन्त्रीको बोलावटपछि पदक विजेता खेलाडीहरू बालुवाटार पुगे ।
त्यसो त अघिल्लो दिन साग समापन समारोहमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो लाइभमार्फत् छोटो सम्बोधन गरेका थिए ।
सम्बोधनलगत्तै मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओली खेलाडीलाई आमन्त्रण गरिएको समय बुधवार दिउँसो आफ्नो सरकारी निवास बालुवाटारमा उपस्थित थिए ।
सो अवसरमा खेलाडीका लागि प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने चर्चा अघिल्लो दिनबाटै थियो ।
स्वभाविक अपेक्षाका बीच प्रधानमन्त्रीले घोषणा गरे–
– यसपटकबाट हरेक कास्य पदक ऽऽऽ, कास्य पदक विजेता खेलाडीलाई सरकारले ३ लाख रकम दिने उद्घोष गरिएको छ ।
– रजत पदक प्राप्त गर्ने खेलाडीहरूलाई हरेक पदकबापत ६ लाख ।
– त्यसैगरी स्वर्ण पदक विजेता खेलाडीलाई एक स्वर्ण पदकको ९ लाख दिने निर्णय भएको छ ।
– एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।
प्रधानमन्त्रीले कास्य पदकको प्रसंगमा शुरूमा हरेक कास्य पदक भन्ने शब्द भनेपनि त्यसपछि केहीबेर रोकिएर कास्य पदक विजेता खेलाडीलाई सरकारले ३ लाख रूपयाँ दिने उल्लेख गरे ।
रजत पदकको प्रसंगमा 'हरेक पदक' भन्ने शब्द स्पष्टरूपमा उल्लेख गरे ।
त्यसैगरी एक स्वर्ण पदकको ९ लाख रूपयाँ दिने निर्णय भएको बताएका प्रधानमन्त्री ओलीले थपे– ‘एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।’
प्रधानमन्त्रीले ११ लाखका दरले त भने तर त्यो दर प्रतिखेलाडी हो कि प्रतिपदक भन्ने स्पष्ट पारेनन् ।
त्यसपछि शुरू भयो यसको व्याख्या । कतिपय मिडियाले यसलाई प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापाको कोट गरी प्रतिपदकको रूपमा व्याख्या गर्दै खेलाडीहरूले कति पाउँछन् त भनेर हिसाब किताब समेत निकालिसकेका छन् ।
तर, खेलकुद मन्त्रालयकै एक वरिष्ठ अधिकारीकाअनुसार प्रधानमन्त्रीको 'टंग स्लीप' हुँदा ठूलै गडबड परेको छ ।
‘हामीले तयार पारेको प्रस्ताव प्रधानमन्त्रीज्यूलाई दिएका थियौं, उहाँको टेबुलमा नै थियो, उहाँले हेर्नुभयो तर पढ्नुभएन,’ खेलकुद मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।
स्रोतका अनुसार खेलकुद मन्त्रालयले प्रधानमन्त्रीलाई थमाएको फाइलमा स्पष्ट उल्लेख थियो–
– स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रूपैयाँ ।
– दुई वा दुईभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीको हकमा जनही ११ लाख रूपैयाँ ।
– टीम गेममा स्वर्णपदक विजेता खेलाडीलाई जनही ५ लाख रूपैयाँ ।
– रजत पदक जित्ने खेलाडीलाई जनही ६ लाख रुपैयाँ ।
– कास्य पदक जित्ने खेलाडीलाई जनही ३ लाख रूपैयाँ ।
प्रधानमन्त्रीले प्रतिखेलाडी कि प्रतिपदक भन्ने कुरा ख्याल नगरी जिब्रो चिप्ल्याउँदा प्रस्ताव तयार पार्नेहरू नै रनभुल्लमा परेका छन् । तालुकवाला मन्त्रालय जिल्ल छ ।
प्रधानमन्त्रीको मौखिक घोषणापछि सरकारलाई नैतिक दबाब पनि थपिएको छ ।
प्रधानमन्त्रीले पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा गर्दै भनेका छन्–
'अब साथीहरूले मलाई लाग्छ ऽऽऽ, सरकारले खेलाडीहरूको ऽऽऽ, हाम्रोजस्तो गरीब देशको सरकारले उचित सम्मान गर्यो भन्ने लाग्छ ।'
खेलाडीहरूले अब प्रधानमन्त्रीको 'टंग स्लीप' भएर गरिएको घोषणाअनुसार नै रकम पाउँछन् कि मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार, त्यो भने भावी दिनले नै देखाउला ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...