×

NMB BANK
NIC ASIA

जलवायु परिवर्तन न्यूनीकरणमा तीन तहकै सरकार जिम्मेवार हुनुपर्छ ः मुख्यमन्त्री गुरुङ

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

Muktinath Bank

परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान÷नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घद्वारा बुधबार पोखरामा आयोजित ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक क्षेत्रीय परामर्श गोष्ठीको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालका हिउँ पग्नले र तालहरु फुट्ने एवम् समुद्री तटीय क्षेत्रमा पानीको बहाव बढ्नु जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको बताउँदै उनले विशेषगरी प्रभावित क्षेत्रका बासिन्दाको संरक्षण र वातावणीय सन्तुलन कायम गर्न सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए।  पृथ्वीमा वृद्धि भएको तापक्रमको कारण अनावृष्टि, अतिवृष्टिसँगै आउने पहिरोले पहाडी क्षेत्रमा ठूलो जनधनको क्षति हुनाका साथै उर्वर भूमिसमेत नष्ट हुँदै गएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले जलवायु परिवर्तन अनुकूलनका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पर्ने मनाङ, मुस्ताङ र गोरखा जिल्लामा जयवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएसँगै प्रदेश सरकारले त्यसको न्यूनीकरणका लागि नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गरी अनुकूलनको प्रयास भइरहेको उनले जानकारी दिए। नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष गणेश गुरुङले चैत महिनाको २०, २१  र २२ गते हुने जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक काठमाडौँमा हुने पहिलो सगरमाथा संवाद वा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सुझाव सङ्कलन गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

Vianet communication
Laxmi Bank

कार्यक्रममा छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा केशव गौतमले, राजेन्द्र श्रेष्ठले १९९२ को महासन्धिले पृथ्वीको तापक्रम एक दशमलव पाँचदेखि दुई डिग्री बढ्न नदिने भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि आ–आफ्नो मुलुकबाट जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग गर्ने प्रस्ताव परित भएको चर्चा गरे।

हिमालदेखि तराईसम्म र विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको कारण परेको प्रभावबारे शेषकान्त शर्मा, डा दिलबहादुर क्षेत्री, मीननबहादुर सोती लगायतले अनुभव आदानप्रदान गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x