मुख्यमन्त्री पौडेलको चेतावनीः शैक्षिक क्षेत्रमा राजनीति बन्द गर्नुस्

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन्।

बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक संस्थामा शिक्षक संघसंगठनका नाममा विद्यालय बिगार्ने गरी राजनीति गर्न नहुने बताएका हुन्।


Advertisement

उनले भने, ‘शिक्षक संघसंगठन तथा युनियन विद्यालयको हित र शैक्षिक गुणस्तर बढाउनका लागि हो । राजनीति गर्नका लागि होइन ।’ उनले थपे, ‘अहिले विद्यार्थीको पढाइ नै बिग्रने गरी राजनीति हुने गरेको सुनेको छु।’ शिक्षा क्षेत्रमा अब परिवर्तन गर्नु आवश्यक रहेको बताउँदै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो भएको बताए।
 


Advertisement

कमेन्ट गर्नुहोस्