चेस खेल्न आएन ? यो विधि अपनाउनुस्

चेस खेललाई नेपालीमा बुद्धिचाल भनिन्छ । यो छैटौं शताब्दीमा भारतबाट शुरू भएको मानिन्छ, जसलाई हिन्दीमा शतरंज भनिन्छ । दुई खेलाडीले एउटा बोर्डमाथि गोटीहरू पालैपालो चालेर चेस खेलिन्छ । खेलाडीहरूको बुद्धिमा भर पर्ने यो संसारकै प्रख्यात खेल मानिन्छ । 

चेस बोर्डमा ६४ वटा कोठा बनाइएको हुन्छ । तीमध्ये ३२ वटामा काला र ३२ वटामा सेतो रंग हुन्छ । १६ वटा काला र १६ वटा सेता गोटी प्रयोग गरिन्छ । कालो र सेतो रंग प्रयोग भएका दुवैतर्फ राजा एक, मन्त्री एक, हात्ती दुई, उँट दुई, घोडा दुई र सिपाही आठवटा हुन्छन् । एउटा पक्षले अर्कोलाई अगाडि बढ्न छेक्नु नै चेसको मुख्य पक्ष हो । 


Advertisement

खेलका नियमहरू 
सबैभन्दा पहिले आमनेसामने हुने गरी सेतो र रातो कोठामा राजा गोटी राखिन्छ । राजाको दायाँ मन्त्री र बाँयाँतर्फ उँट राख्नुपर्छ । राजा, मन्त्री, हात्ती, उँट र घोडाको अघिल्तिर सिपाही राख्नुपर्छ । खेलको शुरूवात सेतो दुईवटा गोटी अगाडि सारेर गरिन्छ ।

राजाले क्रसलिङको समयबाहेक एक घरभन्दा बढी चाल्न पाउँदैन । राजाले चेक नपरेमा जता पनि जान पाउँछ । हात्ती पनि आफ्नो ठाउँबाट अगाडि नबढेमा क्रसलिङ गर्न पाउँछ । लङ क्रसलिङको बेला दुई घर छाडेर र सर्ट क्रसलिङमा एक घर छाडेर हात्तीको ठाउँमा जान पाउँछ  ।


Advertisement

मन्त्री खेलको मुख्य गोटी हो, जो दायाँ–बायाँ, अगाडि–पछाडि र छड्के जता पनि जान पाउँछ । हात्तीले पनि जहाँतहीं सर्न पाउँछ तर छड्के जान पाउँदैन । 

उँटको बाटो छड्के हुन्छ, यसले अरू बाटो भएर सर्न पाउँदैन । यस्तै, कालो कोठामा भएको उँटले कालो र सेतो कोठामा भएको उँटले सेतो कोठामा मात्र सर्न पाउँछ । 

घोडालाई यताउति सर्न बाटो चाहिँदैन । यो अंग्रेजी अक्षर ‘एल’ आकारमा जहाँ पनि जान पाउँछ । यसले विरोधी पक्षको जुनसुकै गोटीलाई पनि मार्न पाउँछ । सिपाही पहिलो चालमा दुई घर र त्यसपछि एक चाल मात्र सर्न पाउँछ ।

सिपाहीले विरोधी पक्षका गोटीलाई छड्के बाटोमा एउटा गोटी मार्न पाउँछ । नयाँ पत्रिकामा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्