×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सागमा स्वर्ण पदक विजेताले ९ लाख पाउने, नेपाललाई चीनको बधाइ

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अपराध महाशाखाका प्रहरी निरीक्षक घुससहित अख्तियारको फन्दामा

Sagarmatha Cement
Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रहरी निरीक्षक जय नेपाल थापालाई पक्राउ गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय अपराध महाशाखा, काठमाडौँमा कार्यरत थापा ४० हजार घुससहित ललितपुरबाट पक्राउ परेका हुन्।


Advertisment
Nabil box
Kumari

अख्तियारका अनुसार थापाले  जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी पक्राउ गर्नुपर्ने थियो। तर, उनले ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।

Vianet communication
Laxmi Bank

साग सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई चीनको बधाइ
चिनियाँ राजदूत हउ यान्छीले तेह्रौ दक्षिण एसियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाइ दिएकी छन् ।

बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै यान्छीले साग उल्लेखनीय बनेको टिप्पणी गरेकी हुन् ।

'उल्लेखनीय दक्षिण एसियाली खेल ! नेपाल सरकार र यहाँका जनतालाई बधाइ छ,' यान्छीले लेखेकी छिन् ।

सरकारको घोषणा : स्वर्ण पदक विजेताले ९ लाख पाउने

१३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ । 

बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्रीले सागमा पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् । 

प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९-९ लाख दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख दिइने पनि उनले घोषणा गरे ।

त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने सरकारले घोषणा गरेको छ । 

प्रधानमन्त्री ओलीले मंगलवार साग समापनमा देखाइएको भिडियो सन्देशमा खेलाडीहरूलई बालुवाटारमा निम्तो दिएका थिए । 

नेपालले सागमामा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ । 

नागढुंगा सुरुङमार्ग निर्माणको तयारी शुरू, सतुंगलमा फ्लाइओभर बन्दै
काठमाडौं भित्रने सहज मार्गका रूपमा हेरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरू भएको छ । 

सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थलनजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । 

सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरू गरेको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

उनका अनुसार कम्पनीले झण्डै २० जना प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउनेक्रममा छ । सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उनले बताए ।


गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधवार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र  सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त भएकोमा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा २ देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरूको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले गृह मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ती क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताए ।

राजदूत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगप्रति आफूहरू कृतज्ञ रहेको बताइन् । बेलायतमा बस्ने नेपालीको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै अहिले धेरै समस्या समाधान भइसकेको उनको भनाइ छ । भेटवार्तामा राजदूत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने जानकारी समेत दिइन् ।


बैंक ह्याक गर्ने गिरोहका नाइजेरियन र ब्रिटिश नागरिक पक्राउ

प्रहरीले बैंक ह्याक गर्ने गिरोहका नेपालीसहित नाइजेरियन र ब्रिटिश नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले काठमाडौं उपत्यका र बाहिरका विभिन्न स्थानबाट आरोपीलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

प्रहरीले दोलखाको फुलवाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीको रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र १९ वर्षीय सन्दिप कलवारसहित नाइजेरियन र ब्रिटिश नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपी गिरोहले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया र बेलायत लगायतमा बसेर नेपाली नागरिकलाई एजेन्ट बनाइ लामो समयदेखि भाइबर, ह्वाट्स एप, इमो, फेसबूक लगायत सामाजिक सञ्जालबाट चिठ्ठा परेको भनी प्रलोभनमा पारेको तथा बैंक तथा वित्तीय संस्था ह्याक गरेको पाइएको प्रहरीले जनाएको छ ।


सागमा पदक विजेता खेलाडीलाई राष्ट्रपति भण्डारीको बधाई


राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक विजेता सम्पूर्ण खेलाडीलाई बधाई दिएकी छन् ।

बुधवार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले स्वर्णसहित सम्पूर्ण पदक विजेता खेलाडीलाई बधाई दिएकी हुन् ।

सागको सफल आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रशिक्षक र निर्णायकलाई राष्ट्रपतिको धन्यवाद छ ।

'१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद ! यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसूस गरेको छु,' राष्ट्रपतिले गरेको ट्वीटमा भनिएको छ ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद ! यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको छु ।

नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् । 

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।


जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु, ६ जना घाइते

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  बुधवार विहान मृत्यु भएको जानकारी दिए।

स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट हुनुभएको छ । उहाँहरु बिहान घाँस काट्न जङ्गल जाँदा  हात्तीको आक्रमणमा परेका थिए । 

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए। उनले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए।
 

भरतपुर विमानस्थल खुल्यो

भरतपुर विमानस्थल बुधवारदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो ।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए।  विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।
 
करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले बुधवार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ  गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधवार बिहान साहलाई  पक्राउ गरिएको  हो । 

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको  प्रहरीले  जनाएको छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x