×

NMB BANK
NIC ASIA

फोरजी प्रविधिको प्रयोग बढ्दै, प्रयोगकर्ता ४३ लाख पुगे

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तीन वर्षअघि नेपालमा शुरूभएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ ।

Muktinath Bank

दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको भदौसम्मको तथ्याङ्कअनुसार देशभर ४३ लाख ५५ हजारले फोरजी प्रयोग गर्छन् । थ्रीजीको तुलनामा उच्च गतिको इन्टरनेट र भिडियोसमेत हेर्न उपयोगी हुने भएपछि पछिल्लो समय फोरजीका ग्राहक थपिदै गएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्ख्यात्मक हिसाबले एनसेलका फोरजी प्रयोगकर्ता निकै धेरै छन् । प्राधिकरणका अनुसार एनसेलका मात्रै ३२ लाख ९२ हजार प्रयोगकर्ता छन् । नेपालमै पहिलोपटक फोरजी सेवा शुरूगरेको नेपाल टेलिकमका भने आठ लाख ३४ हजार प्रयोगकर्ता छन् । त्यस्तै सबैभन्दा पछि फोरजी सेवा शुरूगरेको स्मार्ट टेलिकमका भने दुई लाख २७ हजार फोरजी प्रयोगकर्ता छन् । अहिले तीनवटै सेवा प्रदायकले १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थताको आधारमा उपलब्ध फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा उपलब्ध गराइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

एनसेलले देशका मुख्य सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्यअनुसार चार दर्जनभन्दा बढी सहरमा यो सुविधा उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित गत माघ २० गतेदेखि काम अगाडि बढाएको थियो । टेलिकमका अनुसार पछिल्लो समय ५० भन्दा बढी जिल्लामा फोरजी नेटवर्क विस्तार भइसकेको छ ।

Vianet communication
Laxmi Bank

टेलिकमले असोज १५ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै देशका पाँच दर्जन ठाउँमा एकैपटक फोरजी सेवा विस्तार गरेको जनाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्क भदौसम्मको मात्र भएकोले असोजको तथ्याङ्क यसमा समेटिएको छैन । टेलिकमले करिब २० अर्ब रुपियाँ लगानी गरेर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको फोरजी नेटवर्क विस्तार परियोजनाबाट ६५ लाख ग्राहक थप हुने जनाएको छ ।

निजी क्षेत्रको अर्को सेवा प्रदायक स्मार्ट सेलले भने लगानी अभावमा फोरजी सेवा विस्तार गर्न सकिरहेको छैन । प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता तोकिएको अन्तिम समयमा पनि नबुझाएपछि कम्पनीको लाइसेन्स खारेजीमा परेको थियो । आफ्नो लाइसेन्स जोगाउन सरकारसमक्ष पुनरवेदनमा गएकोमा स्मार्टको उक्त निवेदन अहिले मन्त्रिपरिषद्को समितिमा छलफलको क्रममा छ । प्राधिकरणको तथ्याङ्कअनुसार विगत एक वर्षको अवधिमा मात्रै २३ लाखभन्दा बढी फोरजी ग्राहक थपिएका छन् ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x