×

NMB BANK
NIC ASIA

धनी देशलाई नेपालजस्ता मुुलुकको जलवायु क्षेत्रमा लगानी गर्न मन्त्री बस्नेतको आग्रह

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशलाई आह्वान गरेका छन् ।

Muktinath Bank

स्पेनको राजधानी मड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाइ कार्बन उत्सर्जन र  बढ्दो तापक्रम न्यूनीकरण सम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसित देशले आर्थिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रममा सहयोग गर्नसक्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियस तल कायम गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराए ।  गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरित गृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उनले कार्बन उत्सर्जनको वर्तमान वृद्धिदरले नेपाल जस्ता कम विकसित देशले उच्चतम जोखिममा रहेको उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

दक्षिण एसियामा मात्र विश्वको २० प्रतिशत जनसंख्या हिन्दू–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोत खतरामा रहेका औंल्याए ।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्याधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उनले यो क्षेत्रमा विशेष ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराए ।

‘जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ,’ मन्त्री बस्नेतले भने । नेपालले स्थानीय स्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्यांकन र जलवायु अनुकूलनका कार्य गरिरहेको जानकारी समेत उनले सम्मेलनमा दिए ।

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा संवाद कार्यक्रम’को आयोजना गरेको जानकारी समेत गराए । उनले सम्मेलनमा सहभागीलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्ता समेत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x