कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मंसिर २६, २०७६
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले दुवै छिमेकी देशसँग सीमा यकिन गर्न समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय जसरी पनि कार्यान्वयन हुने बताएका छन् ।
मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा बिहिवार आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता बास्कोटाले सीमा अध्ययन गर्ने समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णयअनुसार परराष्ट्र मन्त्रालयमा निर्देशन दिइसकेको बताए ।
'सीमा सम्बन्धमा यकिन गर्न मन्त्रिपरिषदले निर्णय गरेको हो र परराष्ट्रलाई निर्देशन दिइएको छ,' बास्कोटाले भने, 'नेपाल-भारतबीचको सीमा पिलरका काम तत्कालै शुरू गरिनेछ, चीन सँगको मौसम अनुकुल भनेका थियौं । मौसमका कारण जटिलता उत्पन्न भएको छ । नापीका विभिन्न निकायहरू तयार छन् । यो प्रक्रिया अवरुद्ध हुन सक्दैन ।'
बास्कोटाले सीमासम्बन्धी प्रश्न जतिसुकै खर्चिलो भएतापनि पछि फर्किन नमिल्ने बताए । 'क्षमताअनुसार गर्दै जानुपर्छ,' उनले भने, 'सुस्ता लगायतका ठाउमा नदीको पानीले कटान गरेको छ । त्यस्ता ठाउँमा अलि जटिल छ । सीमा पिल्लर गाड्ने काम दुवै देशको सहकार्यमा हुनुपर्छ, न्यूनतम र आधारभूत सहमतिहरूका आधारमा गर्दै जानुपर्छ ।'
प्रवक्ता बास्कोटाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीलाई विशेष दूत बनाएर सीमा विवाद हल गर्न भारत पठाउने विषय आफूले मिडियाबाट थाहा पाएको बताए ।
'विशेष दूतका सन्दर्भमा मैले पनि मिडियाबाटै थाहा पाएँ,' उनले भने, 'मिडियामै चर्चा उठ्यो र चलिरहेको छ । विशेष दूत पठाउन सक्छ सरकारले, तर अर्को पक्षसँग कुरा नगरी यत्तिकै पठाउनुपर्छ भन्ने होइन । अर्को पक्षलाई पनि थाहा दिनुपर्छ ।'
सीमासम्बन्धी विवादलाई हल गर्न सरकारले विभिन्न ट्रयाकमार्फत प्रयास जारी राखेको बास्कोटाले जानकारी दिए । 'यो विषयलाई विभिन्न ट्रयाकबाट अघि बढाउनुपर्छ र सरकारले त्यसको प्रयास गरिरहेको छ,' बास्कोटाले भने, 'यो आजको विषय होइन, पुरानो विषय हो । पुरानो विषय भएकाले पहिल्यै हाम्रो अडान र दृष्टिकोण स्पष्ट राख्नुपर्छ । सत्य तथ्यहरू जम्मा गर्ने र एकले अर्कालाई कन्भिन्स गर्दै जाने प्रक्रियामा एउटा नयाँ बाटो लिन सक्छ । सबै ट्रयाकहरू प्रयोग गर्नु पर्छ ।'
प्रवक्ता बास्कोटाले लिम्पियाधुरा, सुस्ता जस्ता कतिपय ठाउँमा सीमाविवाद जटिल भएको बताए । 'प्रश्न लिम्पियाधुराको हो, सुस्ताको प्रश्न पनि जटिल छ, त्यहाँ नदीको धार परिवर्तन भएको छ,' बास्कोटाले भने, 'पोजिसन बनाएर सार्वजनिक बहस गर्ने भन्दा पनि वातावरणलाई अलि बढी सहज बनाउने प्रयास गरिनुपर्छ । विशेष दूत पठाउने कुरा होहल्लाको विषय होइन । जुनदिन पठाइन्छ त्यसदिन थाहा हुन्छ ।'
बास्कोटाले यो विवाद पहिल्यैदेखिको विषय रहेको बताए । इतिहासमै पहिलोपल्ट डिप्लोम्याटिक नोट पठाएर असहमति दर्ज गरेको भन्दै बास्कोटाले सरकारले ऐतिहासिक कदम चालेको दाबी गरे ।
'नक्सा आज सार्वजनिक भएको त होइन, पहिल्यैदेखिको विषय हो यो,' उनले भने, 'लिम्पियाधुराको विषयलाई नेपाल सरकारले इतिहासमै पहिलोपल्ट डिप्लोम्याटिक नोट पठायो । यसलाई फस्ट स्टेप मान्नुपर्छ । क्रमशः भारतीय पक्षलाई तथ्यका आधारमा सम्झाउनुपर्छ ।'
भारत सानोतिनो क्षेत्रीय मुद्दामा अल्झिन नचाहेको आफ्नो बुझाई रहेको बास्कोटाले बताए । नेपालसँगको सीमा विवाद हल गरेर भारतको पनि समस्या समाधान हुने बास्कोटाको दाबी थियो ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...