कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिकाबारे केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्ने माग वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
सभापति शेरबहादुर देउवाले बिहीवारको केन्द्रीय समिति बैठकका लागि तयार पारेका ९ बुँदे प्रस्तावमा महाधिवेशनको कार्यतालिका समावेश नभएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेको हो ।
बैठक अवरुद्ध भएपछि सभापति देउवा पार्टी कार्यालयबाट निस्केर हिंडेका छन् ।
सभापति देउवापक्षीय मानिने केन्द्रीय सदस्य मोहन बस्नेतले पौडेल पक्ष अलोकतान्त्रिक भएको टिप्पणी गरे ।
'आफूले भनेजस्तो भए लोकतन्त्र, नभए अलोकतन्त्र भन्ने हुँदैन,' बस्नेतले लोकान्तरसँग भने, 'विमति राखेरै भएपनि त बैठकमा सहभागी हुन सकिन्छ नि, तर उहाँहरूले लोकतान्त्रिक पद्धति अपनाउनु भएन ।'
बस्नेतले केही विमति भएपनि सल्लाह र छलफल गर्न सकिने वातावरण कायमै रहेकाले बैठक नै अवरुद्ध गर्ने क्रियाकलाप गर्न नहुने स्पष्ट पारे ।
'गएको उपनिर्वाचनमा हामीले हारेको ठाउँमा जितेका छौं, यसलाई नेतृत्वको सफलताको रूपमा लिनुपर्दैन ?' बस्नेतले प्रश्न गरे, 'आफूले भनेजस्तो नभए नेतृत्वको बदनाम गराउने प्रवृत्ति ठीक होइन ।'
उनले महाधिवेशन कसरी र कहिले सम्पन्न गर्ने भन्दा पनि आफूलाई कसरी उभ्याउने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए ।
बिहीवार साढे ४ बजे केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय आएका थिए । वरिष्ठ नेता पौडेलसहित पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, रामकृष्ण यादव लगायतले बैठकमा सहभागिता जनाउन नसक्ने भन्दै पौडेलको कार्यकक्षमा जम्मा भएका थिए ।
नेता पौडेलले बैठकको कार्यसूचीमा महाधिवेशनको कार्यतालिकाको विषय राख्न सुझाव दिएपनि सभापति देउवाले कुनै जवाफ नदिएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेको हो ।
सभापति देउवाले बिहीवारको बैठकमा पार्टीका विभिन्न विभागबारे निर्णय गराउने तयारी गरेका थिए । तर पौडेल पक्षले पार्टी महाधिवेशनमा केन्द्रित हुनुपर्ने माग राख्दै आएको छ । उपनिर्वाचनपछि महाधिवेशनको कार्यतालिका ल्याउने यसअघिको बैठकको सहमति देउवा पक्षले कार्यान्वयन नगरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ ।
कांग्रेसको विधान अनुसार पार्टी महाधिवेशनको १ वर्षअघि नै स्थानीय तहका अधिवेशन हुनुपर्ने व्यवस्था रहेको पौडेल पक्षले जनाएको छ । आगामी फागुनमा पार्टीको १३ औं महाधिवेशन भएको ४ वर्ष पूरा हुँदैछ । फागुनमा स्थानीय तहका अधिवेशन गर्न अहिले नै कार्यतालिका निर्धारण गर्नुपर्ने पौडेल पक्षको अडान रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...