चितुवाको छालासहित १ जना पक्राउ

दैलेखमा चितुवाकोे छालासहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।


Advertisement

शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधवार दिउँसो शाहीको घरबाट ७ फिट ८ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताए ।

उनको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ ।


Advertisement

वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३१ अनुसार कारवाही हुने बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्