×

NMB BANK
NIC ASIA

१० वर्षसम्म बिजुली नआएपछि पोलमा टौवा

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कालिमाटी गाउँपालिका केन्द्र रामपुरमा दश वर्षअघि विद्युत्का पोल गाड्दा स्थानीय बासिन्दा खुसी भएका थिए । उनीहरूले पोल ढुवानी गर्न र गाड्न सघाएका थिए । तर, अहिलेसम्म बिजुली नआएपछि उनीहरूले विद्युतका पोललाई परालको टौवा बनाएका छन् । 

Muktinath Bank

दश वर्षअघि कालिमाटी गाविसले विद्युत् विस्तारका लागि उपभोक्ता समिति गठन गरेको थियो । समितिमार्फत विद्युतका पोल खरिद गरिएको थियो । यसका लागि तत्कालीन गाविसले नौ लाख रुपैयाँ विनियोजन गरेर विद्युत् पोल खरिद गरिएको थियो । ‘त्यसले नपुगेपछि थप चार लाखका पोल किनेका थियौँ,’ उपभोक्ता समिति अध्यक्ष कमला अधिकारीले भनिन्, ‘पोल ढुवानी गर्‍यौँ, गाड्यौँ, तर बिजुली आएको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार त्यतिवेला विद्युत्का पोल ढुवानीको जिम्मा उपभोक्ता समितिलाई दिइएको थियो । त्यतिवेला पोल ल्याएको उनले बताइन् । पहिलोपटक ल्याएका पोल थन्किएपछि फेरि गाउँ भेलाले थप चार लाख छुट्यायो । त्यसका पनि पोल खरिद भए र ती पोल गाडिए । ‘पोल गाडेपछि किन बिजुली आएन, मलाई पनि थाहा छैन,’ उपभोक्ता समिति अध्यक्ष अधिकारीले भनिन् । बिजुली नहुँदा सास्ती खेप्नु परिरहेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

केही वर्षसम्म स्थानीय बासिन्दाले आशा गरे । तर, बिजुली नआएपछि पोललाई प्रयोग गर्न थाले । अहिले उनीहरूले विद्युत्का पोलमा परालको टौवा बनाएका छन् । केहीले खम्बाको रूपमा प्रयोग गरेका छन् । खेतमा गाडिएका कतिपय पोल उखेलेर फालेको स्थानीय बासिन्दाले बताए । केही त खिया लागेर खेर गएको उनीहरूको भनाइ छ । 

Vianet communication
Laxmi Bank

घरनजिकै पोल गाडिएको भए पनि थप काम नभएको स्थानीय बालिराम खत्रीले बताए । दुईपटक पोल गाड्दा पनि तार तान्ने र बिजुली बाल्ने काम नभएको उनको गुनासो छ । ‘घरनजिकै बिजुलीको पोल छ, तर हेरेर बस्नुपरेको छ । दियालो नै बाल्नु परिरहेको छ,’ उनले गुनासो गरे ।

जेनेरेटर र सोलारकै भर
विद्युत् लाइन विस्तार नहुँदा गाउँपालिका कार्यालयले पनि जेनेरेटर र सोलारकै भर पर्नु परिरहेको छ । यसले कार्यालयका कामकाजमा समेत समस्या हुने गरेको कर्मचारी बताउँछन् । ‘सोलारकै भरमा छौँ । घाम लाग्दा कामकाज सहज हुन्छ, बादल लाग्दा र पानी पर्दा त्यसले पनि काम गर्दैन,’ गाउँपालिकाका कर्मचारी प्रेमबहादुर केसीले भने । 

कालिमाटी–१ लक्ष्मीपुरका केही घरबाहेक गाउँपालिकाका अन्य भागमा विद्युत् सेवा विस्तार हुन सकेको छैन । यसै वर्ष गाउँपालिकामा विद्युत् विस्तार गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत मार्सल वलीको भनाइ छ । ‘केही प्रक्रियागत त्रुटिले गत वर्ष काम हुन सकेन, यो वर्ष विद्युत्लाइन विस्तार हुन्छ,’ वलीले भने । गाउँपालिकालाई विद्युतीकरण गर्न एक करोड १८ लाखको टेन्डर प्रक्रिया शुरूगरिएको उनले बताए । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x