×

NMB BANK
NIC ASIA

नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारन टोल । साँघुरो गल्लीभित्र एकै लाइनमा २४ घर छन् । घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको छ । घाँस बेच्नु उनीहरूको पुर्ख्यौली पेसा हो ।

Muktinath Bank

घसियारन समुदायका नागरिक शहरका निर्धनमा पर्छन् । उनीहरू शहर आसपास र टाढाटाढा घाँस काट्न जान्छन् । घाँस बेचेर नै रोजीरोटी चलाउने यी समुदायका मानिस घरमा नभएकाले सार्वजनिक शौचालयमा शौच गर्न जान्छन् । टोलका कसैका घरमा शौचालय छैनन् । सार्वजनिक शौचालय प्रयोग गरेवापत उनीहरूले महिनाको रु १५० तिर्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलका नाममा बनेको शौचालय जान उनीहरुलाई शुल्क तिर्नुपर्छ । सार्वजनिक शौचालयमा परिवार सङ्ख्या हेरेर नभई चुलो गनेर मासिक शुल्क लिने गरिन्छ । संगोलमा बस्दै गरेका छोरा छुटिए भने अर्को महिनादेखि उनले पनि शौच गरेको रु १५० तिर्नुपर्छ । किनेर खानु त छदैछ, दिसा गर्न पनि पैसा तिर्नुपर्ने बाध्यतामा छन्, घसियारनहरू । 


Advertisment
Nabil box
Kumari

घसियारनलाई अझ पीडा त केमा छ भने विवाह, मुण्डनलगायतका कार्यक्रम हुँदा बाहिरबाट पाहुना आउँछन् । ती पाहुना आउँदा सार्वजनिक शौचालय प्रयोग गर्छन् । ती आएका पाहुनाको अर्को महिना पैसा तिर्नुपर्छ । स्थानीय मखाना घसियारन भन्नुहुन्छ, 'विवाह, मुण्डन भइरहन्छ, त्यसमा सहभागी हुन आएका पाहुनालाई हेरेर अर्को महिना हाम्रो बिलमा पैसा थपिन्छ ।' 

Vianet communication
Laxmi Bank

उनका अनुसार महिना कटेपछि शौच गरेको रु १५० नबुझाउँदा शौचालय जाँदा किचकिच गर्छन् । सात जनाको परिवार रहेको छोटाना घसियारले गत महिनाको दिसा खर्च रु १५० तिर्न सकेनन् । उनी भन्छन्, 'यो महिना मैले रु ३०० तिर्नुपर्छ ।' २४ घरका सयभन्दा बढीले शुल्क तिरेर तिनै शौचालय प्रयोग गर्छन् ।' 

नेपालगञ्ज उपमहानगरपालिकाले घसियारनलाई लक्षित गरेर बनाएको शौचालयमा एकैपटक छ जनासम्म जान मिल्छ । घाँस बेचेर गुजारा गर्ने घसियारनहरू अहिले घाँस बेचेर शौचालय जानकै लागि खर्चको जोहो गर्दै आएका छन् । दिनभरि खोजेर ल्याएको घाँस बिक्री नहुनाले उनीहरूमा आर्थिक अभाव बढ्दो छ । शहरीकरणले घाँस पाइने ठाउँको अभाव हुँदैछ । घाँस बेचेर गुजारा गर्ने उनीहरू अहिले घाँस बेचेर शौचालय जानका लागि खर्च जुटाउँदै छन् । 

३० वर्षीया आशा केवटलाई राति र बिहान निकै सकस पर्छ । 'कहिलेकाही पालो कुर्दा हैरान हुन्छु', उनले भने, 'एउटै परिवारमा धेरै छौँ । अनि, कसरी छिटो पालो आओस् ।' शौचालयमा फोहरपानी भरिने समस्या भने उस्तै छ । यो समुदायका महिला दिनभरि घाँस खोजेर बेलुका बेच्ने गर्छन् । दैनिक मुस्किलले रु २०० आम्दानी हुने उनीहरू बताउँछन् । 

यो आम्दानीले दैनिक छाक टार्नै उनीहरुलाई मुस्किल हुन्छ । तर उनीहरुलाई शौच गर्नकै लागि पैसा तिर्नुपर्ने बाध्यता भने कायमै छ । गुड्डी घसियारनको आठ जनाको परिवारले एउटै कोठामा गुजारा चलाइरहेको छ । 'घाँस खोज्न दिनभर लाग्छ', उनले भने, 'बल्लतल्ल कमाएको पैसा खानै ठिक्क छ । कसरी शौचालय बनाउने ?'

नेपालगञ्ज उपमहानगरपालिकाले घसियारनसँग शौच गरेको पैसा नलिएको जनाएको छ । तर नगरपालिकाले पैसा नउठाए पनि वडा कार्यालयले शौचालय सरसफाइका लागि खर्च गर्न एक घरबाट मासिक रु १५० लिने गरेको जनाएको छ । उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलले त्यहाँको शौचालयलाई ठेक्कामा नलगाएको बताए।

वडा ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताले टोल र शौचालयको सरसफाइका लागि पैसा उठाएको बताए। 'सरसफाइका लागि एक जना स्वीपरलाई खटाएका छौँ, उसलाई मासिक पारिश्रमिक दिन एक घरबाट रु १५० उठाउँछौँ', उनले भने, 'त्यो रकम शौचालयको सरसफाइ, मर्मत र पारिश्रमिकमा उतै खर्च हुन्छ, वडामा आउदैन ।'

घसियारनसँग शौचालय बनाउने जग्गा छैन । न त उनीहरूसँग बनाउने क्षमता नै छ । सार्वजनिक शौचालयमा शौच गर्दा पैसा दिनुपर्ने बाध्यता हटाउनुपर्ने घसियारनहरू बताउँछन् ।

दिनभरि कमाएको रकमले पुरुषहरू रक्सी खान्छन् र थोरै घर खर्चका लागि प्रयोग गर्छन् । त्यसैले महिलाको घर सञ्चालनमा जिम्मेवारी बढी हुने गर्छ । व्यवसाय सञ्चालन गर्नेलाई ऋण सहयोग दिन विभिन्न वित्तीय कारोवार गर्ने र सामाजिक संस्था तयार छन् । तर ऋण लिएर छुट्टै कारोवार गर्नुभन्दा दिनभरि टाढासम्म गएर घाँस खोजेर ल्याउनमा नै यस समुदायका महिला आनन्द मान्छन् । घाँस बिक्री नभएको दिन उनीहरुलाई दुःख लाग्छ । भोलिपल्ट फेरि अघिल्लो दिनको दुःख बिर्सन्छन् र पुरानै दैनिकी दोहोर्‍याउँछन् ।  काशीराम शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x