×

NMB BANK
NIC ASIA

सामूहिक खेतीसँगै घरबास बनाइँदै

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास (होमस्टे) सहितकोे नमूना बस्ती निर्माण गरिने भएको छ । छयासी घरपरिवारको सय बिघा जमीनलाई चक्लाबन्दी गरेर सामूहिक खेती थालिएको छ । सोही ठाउँमा ५० परिवारका लागि घरबास निर्माण गर्न लागिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

सूर्योदय कृषि सहकारी संस्था लिमिटेडले माडी नगरपालिका–८ कान्तिपुरमा गत वर्षबाट सामूहिक खेती शुरू गरेको छ । सो आयोजनाका प्रबन्धक शिवजी गायकका अनुसार ८६ घरपरिवारमध्ये घर आवश्यक भएका ५० परिवारलाई स्वरोजगार हुने गरी घरबास निर्माण गर्न लागिएको हो । 
 
सामूहिक खेती गरिएको क्षेत्र दलित बाहुल्य क्षेत्र हो । कूल जमीनधनीहरुमध्ये ४९ घरपरिवार दलितको रहेको छ । त्यसमध्ये पनि ३९ परिवार गन्धर्व रहेको गायकले जानकारी दिए। चौँतीस परिवार बाहुन क्षेत्री रहेका छन् । दलित बस्तीमा निर्माण गर्न लागिएको घरबास नेपालकै नमूना हुने गायकको भनाइ छ । तीन कठ्ठादेखि चार बिघासम्म जमीन भएका स्थानीयवासीलाई समावेश गरेर सामूहिक खेती गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार सामूहिक खेती गत वर्षको जेठबाट शुरू गरिएको हो । पहिलो बाली ५० बिघामा धान लगाइएको थियो । सो धानको अहिले कुन्यू लगाएर रखिएको छ । सावित्री जातको धान लगाइएको थियो । पौडेलले प्रतिकठ्ठा एक मुरीका दरले जग्गाधनीलाई तत्काल धान दिइने बताए । बाँकी पछि फिर्ता गरिनेछ । पच्चीस बिघामा माछापोखरी निर्माण गरिँदै छ भने २५ बिघा चक्लाबन्दी गर्न बाँकी रहेको छ । 


Advertisment
Nabil box
Kumari

धान थन्काइएको खेतमा जोतेर उपकरणबाट तोरी र मकै रोपिएको छ । पाँच बिघामा हाइब्रिड जातको मकै र पाँच बिघामा तोरी लगाइएको छ । चालीस बिघामा गहुँ लगाउने तयारी थालिएको छ । सामूहिक खेतीभित्र पाँच कठ्ठामा लगाइएको तरकारी बिक्री भइरहेको छ । 

Vianet communication
Laxmi Bank

प्रदेश नं ३ सरकारको विशेष सहयोगमा सहकारीले सामूहिक खेती थालेको हो । प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सामूहिक खेतीका लागि धान, मकै र गेडागुडीका लागि थ्रेसर खरिद गरिएको छ भने गहुँ रोप्ने उपकरण सिड ड्रिल पनि सहकारीले भित्र्याएको छ । गत वर्ष सहकारीलाई प्रदेश नं ३ को भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले रु एक करोड पाँच लाख र माडी नगरपालिकाले रु १० लाख उपलब्ध गराएको थियो । 

चालु वर्षमा नमूना बस्ती, माछापोखरी, गोदामघर, औजार राख्ने घर, गन्धर्व सूचना केन्द्रलगायतका लागि प्रदेश सरकारले रु दुई करोड र माडी नगरपालिकाले रु २५ लाख विनियोजन गरेको प्रबन्धक गायकले जानकारी दिए। 

नेपालकै नमूना सामूहिक खेती र घरबाससहितको नमूना बस्ती बनाउन लागिपरेको गायकको भनाइ छ । माडी क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन बीचको बस्ती हो । यो ठाउँले पर्यटकीय महत्वका दृष्टिले प्रचुर सम्भावना बोकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x