कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सप्तरीमा अज्ञात रोगको संक्रमणले बंगुर धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बंगुर फार्ममा संक्रमण फैलिएर बंगुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
३ दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । ‘रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बंगुर मर्ने क्रम जारी छ,’ फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भने, ‘रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।’
सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चासो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो गरे ।
शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट र्याल बग्ने जस्ता लक्षण देखिएको १ घण्टा नबित्दै बंगुर मर्ने गरेका सञ्चालक चौधरीले बताए । बुधवारसम्म ५० बंगुर मरिसकेपनि सम्बन्धित पक्ष गम्भीर नभएको उनको गुनासो छ ।
फार्ममा अझै १५ बंगुरमा संक्रमण देखिएको छ । अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत फार्ममै आएर जानकारी लिए पनि रोग पहिचान हुन सकेको छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख फुलगेन यादवले संक्रमण देखिएका बंगुरको रगत संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए । परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गरिने जनाउँदै उनले तत्कालका लागि संक्रमित क्षेत्रमा पशु स्वास्थ्य प्राविधिक टोली खटाइने बताए ।
बंगुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म सञ्चालन गरेका अन्य किसानसमेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौं लगानी गरेर भद्रकुमारी लामा, सुबास राई, सञ्जमान तामाङ लगायतले बंगुर फार्म सञ्चालन गरेका छन् ।
पशु स्वास्थ्य सम्पर्क केन्द्रका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सोबारे माथिल्लो निकायमा जानकारी गराइएको बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...