×

NMB BANK
NIC ASIA

माधव नेपालको क्षेत्रमा सडकको बेहाल, ‘भीआईपी' नेताप्रति स्थानीय आक्रोशित

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको चाबहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीय वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजित छन् । सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् ४ लेनको सडक बनाउने योजना ल्याएपछि  सडकखण्डको निर्माण शुरू भएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरी ४ निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो । ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा ४ कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप १ कम्पनी गरी ५ ठेकेदार कम्पनीले सडक विस्तारको जिम्मा पाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाबहिलदेखि साँखुसम्म पुग्ने सडकखण्ड काठमाडौं महानगरपालिका र गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर गरी ३ नगरपालिकामा अवस्थित छ । ४ वर्षदेखि अलपत्र सो सडकको अवस्था धुलाम्मे र हिलाम्मे छ । बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले अस्तव्यस्त सडकका कारण व्यापार नै छोड्नु परेको दुःखेसो पोखे । चौलागाईं भन्छन्, ‘यहाँको धुलो र हिलोका कारण ग्राहकको रोजाइ नै अन्यन्त्र ठाउँ हुने गरेको छ ।’


Advertisment
Nabil box
Kumari

सडक अवलोकनका नाममा मन्त्री, मन्त्रालयका कर्मचारी, सडक विभागका कर्मचारी तथा यसै क्षेत्रबाट निर्वाचित सांसद पटक–पटक चाबहिल हुँदै साँखु पुग्ने गरेका छन् । साँखुसम्म पुग्दा सडकको दूरावस्था नजिकैबाट नियाल्ने गरेका भीआईपीले सडक निर्माणमा भने कठोर कदम चालेको पाइँदैन । यो सडक पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको क्षेत्रमा पर्छ ।

Vianet communication
Laxmi Bank

राजधानी भित्रिने पूर्वी नाकाका रुपमा रहेको यस सडक वर्षौंदेखि अस्तव्यस्त हुँदा सवारी आवागमनमा कठिनाइ नाको साथै व्यापार व्यवसायमा पनि नकारात्मक असर परेको छ ।

साँखुसम्म पुग्ने भीआईपीप्रति स्थानीय निकै आक्रोशित हुने गरेका छन् । उनीहरूको एउटै माग छ – सडकको कालोपत्र छिटो होस् साथै सडकका कारण कोही पनि रोगको शिकार र दुर्घटनाका कारण अकालमा मृत्युवरण गर्न नपरोस् । 

सडक निर्माणका लागि ठेकेदार र सम्बन्धित निकायलाई दबाब दिन स्थानीयवासीले मिलन खड्काको अध्यक्षतामा साँखु जोरपाटी शंखरापुर सडक सरोकार समितिसमेत गठन गरेका छन् । समिति नै बनाएर दबाब दिँदै आएको भएपनि हालसम्म सडकको निर्माणमा सुनुवाइ नभएको समितिका अध्यक्ष खड्काले बताए ।

ठेक्का दिइएको मितिदेखि आव २०७४/७५ मा सडक निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको खम्बा र तार नपन्छाउनु, खानेपानी तथा ढल चुहावट भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेको छ ।

सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएर मुद्दाको फैसला गरिसकेको भए पनि सडक निर्माणले भने अझै तीव्रता पाउन सकेको छैन । सडकको दयनीय अवस्थाका कारण विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै अप्ठ्यारो हुने गरेको छ । ठूलो पानी पर्दा हिलो र नपर्दा धुलोले सडकमा हिँड्नसक्ने अवस्था नै छैन ।

‘साँखुदेखि चाबहिलसम्म पुग्दा मोटरसाइकल, स्कुटर हिलो र चिप्लो बाटोमा नपछारिएको दिनै हुँदैन, कतिपयलाई त घाइते भएर उपचारसमेत गर्न लगेको देखेको छु,’ सोही बाटोमा दिनहुँ यात्रा गर्ने सन्तोष चौलागाईं भन्छन्, ‘सडकको अवलोकन र छड्के धेरै हुने गरेको छ । तर अवलोकन गर्न आउने मन्त्री, पूर्व प्रधानमन्त्री तथा सांसदलाई नै ठेकेदारले टेर्दैनन् ।’

सडकको विषयमा यस क्षेत्रमा धेरै आन्दोलन पनि भयो । सडक बन्द नै गरेर स्थानीयवासीदेखि व्यापारीसम्मले चक्काजाम नै गरे तर पनि सडकको निर्माणले पूर्णता पाउन सकेको छैन । अझै यो सडकखण्डले पूर्णता पाउन कति समय पर्खनुपर्ने हो त्यसको लेखाजोखा छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x