घोडालाई चियाको लत - हरेक बिहान उसको तबेलामै पुग्छ शुद्ध दूधको चिया [भिडियोसहित]

बेलायतमा एउटा पुलिसको घोडाले चिया नपिएसम्म कुनै पनि काम गर्न मान्दैन ।

ज्याक नामको २० वर्षे उमेरको उक्त घोडा बेलायतको प्रहरीमा १५ वर्षदेखि कार्यरत छ । ज्याकलाई चियाको लत यस्तरी लागेको छ कि चिया नपाएसम्म घोडा तबेलाबाट बाहिरसमेत निस्कन मान्दैन ।


Advertisement

हरेक बिहान उक्त घोडालाई उसको तबेलामै एक कप चिया लगेर खुवाउनु पर्दछ । तबमात्र ज्याक नियमित कामका लागि बाहिर निस्किन मान्दछ ।

ज्याक चियाको पारखी भएको कुरा मर्सीसाइड पुलिसको माउन्ट सेक्सनमा कार्यरत सबै कर्मचारीलाई जानकारी छ । त्यसैले हरेक बिहान उसलाई चिया पिलाउन कोही पनि भुल्दैन ।


Advertisement

ज्याकलाई १५ वर्षअघि देखि चियाको लत बसेको हो । मिडिया रिपोर्ट अनुसार सवारीका क्रममा ज्याकमा सवार कुनै एकजना पुलिस कर्मचारीले आफुले खाएर बँचेको चियाको कप ज्याकको नजिकै राखिदिएछन् । उक्त कपमा बँचेको चिया ज्याकले खायो । त्यसरी उसले धेरैपटक चिया चाख्न पाएपछि उसलाई चियाको लत नै लागेको हो ।

ज्याकलाई शुद्ध दुधमा बनाएको चिया मन पर्दछ । त्यसमा एकदुई चम्चा चिनी हाल्दियो भने निकै खुसी हुन्छ । ज्याकले चिया पिएको भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । उमेरहदका कारण ज्याक आगामी वर्ष पुलिस सेवाबाट निवृत्त हुने बताइएको छ ।

हेर्नुहोस् भिडियो - 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्