माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो बढेको छ । मुलुकभरिको मौसममा आइतबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।
तराई तथा पूर्वी पहाडी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार आए पनि मुलुकको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायम नै रहने उनले स्पष्ट पारे। उनले भने, “पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेषगरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरूमा सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ ।”
मुलुकका अधिकांश भूभागमा शुक्रबार सामान्यदेखि पूर्णरूपमा बदली रही केही भूभागमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको जानकारी उनले दिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडीसहित हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
त्यसैगरी आइतबार दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानहरूका साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको जानकारी मौसमविद् श्रेष्ठले दिए। हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको उनले बताए।
महाशाखाका अनुसार शनिबार धनगढीमा सबभन्दा बढी ६४.९ मिलिमिटर पानी परेको मापन गरिएको छ । नेपालमा चैत, वैशाख र जेठ महिनालाई ‘प्रि–मनसुन’, असार, साउन, भदौ र असोज १५ गतेसम्मलाई ‘मनसुन’ र असोज १५ देखि फागुनसम्मलाई जाडो (विन्टर) मौसम भन्ने गरिन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...