फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
पार्टी एकता भएको डेढ वर्ष बितिसक्दा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरूले पूर्णता पाएका छैनन् ।
नेकपाले गत ३१ साउनमा ३२ वटा केन्द्रीय विभाग गठन गरे पनि प्रमुख र उप्रमुखबाहेक सचिव र सदस्यहरू नियुक्त नहुँदा विभागहरू अपूरै रहेका हुन् । नेकपाको नियमावलीमा ३५ सदस्यीय विभाग गठन गर्ने व्यवस्था छ । विभागका प्रमुख र उपप्रमुखहरूले तत्कालीन एमाले र माओवादीका आधारमा भागबन्डा गरेर सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा सिफारिस गर्ने तयारी गरेका छन् ।
अधिकांश विभागका प्रमुख र उपप्रमुखले अध्यक्ष, वरिष्ठ नेता, महासचिवलगायत नेताहरूसँग परामर्श गरेर सूची बनाएका छन् । ती सूचीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयले अनुमोदन गरेपछि मात्र विभागले पूर्णता पाउनेछन् । प्रमुख र उपप्रमुखसहित पूर्वएमाले समूहबाट २० र पूर्वमाओवादी समूहबाट १५ जना रहने गरी सूची सिफारिस गर्न भनिएको विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश साहले जानकारी दिए ।
दसैँअघि नै सिफारिस भइसकेका नामावलीको सूचीमा समेत सचिवालयले निर्णय नगरेपछि अधिकांश विभाग सक्रिय हुन पाएका छैनन् । ‘कतिपय विभागले सिफारिस पठाएका छन्,’ महासचिव विष्णु पौडेलले भने, ‘अब हामी छिट्टै निर्णय गरेर विभागलाई पूर्णता दिने तयारीमा छौं ।’ सबै विभाग सदस्यहरूको मनोनयन एकैपटक टुंग्याउने तयारीका लागि महासचिव पौडेलले सबै विभागका प्रमुख र उपप्रमुखहरूसँग समन्वय गरिरहेका छन् ।
२३ मंसिरमा बसेको केन्द्रीय सचिवालय बैठकले सात दिनभित्र विभागमा राखिने सदस्यहरूको नाम महासचिव पौडेलमार्फत बुझाइसक्न प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिएको थियो । विभागका सदस्यहरूको नाम धमाधम संकलन भएकाले आइतबारदेखि सुरु हुने स्थायी समिति बैठकबाटै सबै विभागहरूलाई पूर्णता दिने गरी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...