माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
गण्डकी प्रदेशसभाकी सदस्य पुष्पा केसी भण्डारीले समाजका विभिन्न क्षेत्रमा यौनहिंसाका घटना हुने गरे तापनि संसद्भित्र आफूले यौन दुर्व्यवहारका घटना भोग्नु नपरेको स्पष्ट पारेकी छन् ।
भण्डारीले मंसिर २३ गते सञ्चार माध्यमहरूमा छापिएको ‘संसद्भित्रै यौनहिंसा भयो’ शीर्षक समाचारप्रति प्रतिक्रिया जनाउँदै यस्तो धारणा राखेकी हुन् ।
आफूले यौनहिंसाका आम प्रवृत्तिबारे उल्लेख गरे तापनि संसद् र सांसद भन्ने शब्दचाहिँ कतै प्रयोग नगरेको उनको दाबी छ । ‘हामीले अनुभव गरेका छौं (समाजमा) यौनहिंसा छ । एकदम हिंसा छ । हामीसँग बोल्दाखेरी मानिसहरूले डबल मिनिङ आउने शब्दहरू बोल्छन् । हामीसँग डिफरेन्ट फिलिङ दिने गरी हात मिलाउँछन्, छुन आउँछन् । त्यसलाई कसरी ग्रहण गर्ने ?’ प्रदेशसभा सदस्य भण्डारीले मंसिर २२ गते मिडिया हाउसद्वारा पोखरामा आयोजित एक कार्यक्रममा भनेकी थिइन्, ‘हामीसँग यस्तो व्यवहार हुन्छ भने यो हिंसा होइन ? हामीले त्यस्तो फिल गर्ने तरिकाले मान्छेले डिल गर्दछ भने त्यो हिंसा होइन ?’
गण्डकी प्रदेशसभामा यौनहिंसाका घटना भएको भन्ने महिला सांसदहरूको भनाइ सार्वजनिक भएपछि व्यापक प्रतिक्रिया उत्पन्न भयो । यही सन्दर्भमा भण्डारीले समाजमा यौनहिंसा भए पनि संसद्भित्र व्यक्तिगत रूपमा आफूले त्यस्तो घटनाको सामना गर्नु नपरेको बताएकी हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...