उत्तरी धादिङमा भारी हिमपात

फाइल फोटो

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तर्गत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिकाअन्तर्गत झर्लाङमा शुक्रवारदेखि हिमपात भएको छ । 

हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्ने बस्तीमा भारी हिमपात भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।


Advertisement

हिमपात शुरू भएपछि शुक्रवार विद्यार्थी भागाभाग गरेर घरतर्फ गएका थिए । 

गाउँ हिउँले ढाकिएपछि जनजीवन कष्टकर भएकाले मानिस घरभित्रै बसिरहेका छन् भने गाईबस्तु चिसोले कठ्यांग्रिएका छन् । हिमपात शुरू भएपछि विद्यालय बन्द भएका छन् ।


Advertisement

चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ । उत्तरमा हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटक रसुवाको बाटो हुँदै उक्त क्षेत्रतर्फ जान थालेका छन् ।

कमेन्ट गर्नुहोस्