उपनिर्वाचनको परिणाम निराशाजनक छैन : वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे ।


Advertisement

जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नुपर्ने उनले बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग–अलग हुनुले सरकार सञ्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाण सहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे । 


Advertisement

उनले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुले २ देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए । 

नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्