यी हुन् धनुषा बम बिस्फोटमा पक्राउ परेका नेकपा प्रदेश संयोजकसहित ३ संदीग्ध

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

धनुषामा भएको शक्तिशाली बम बिस्फोटनमा संलग्न रहेको आशंका प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा प्रदेश २ संयोजक सीतादेवी महरासहित ३ जनालाई पक्राउ गरेको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित राजेश साहको घरको गेटमा बम झुण्ड्याउने व्यक्ति विप्लव नेकपाको हुनसक्ने आशंकासहित प्रहरीले ३ जना संदीग्धलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।


Advertisement

पक्राउ पर्नेमा नेकपाका ३ जना स्थानीय नेता छन् । २ महिलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले बताए ।

विप्लव नेकपाका प्रदेश २  संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा पक्राउ परेका छन् । 


Advertisement

शुक्रवार राति भएको बम बिस्फोटनमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्