व्यवसायीले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी संघ मोरङको २५ औं वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै उनले व्यवसायीले निर्माण कार्यको जिम्मेवारी लिएपछि तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।


Advertisement

मन्त्री पोखरेलले व्यवसायीले पूर्वाधार निर्माणमा उच्चतम प्रविधिकको प्रयोग गरी गुणात्मक काम गर्न जोड दिँदै मुलुकको विकासमा सहयोग पुर्‍याउन ठूलो भूमिका खेलको विचार व्यक्त गरे ।

उनले शिक्षा पूर्वाधारको पूर्वाधार भएकाले शिक्षा, प्रविधिको विकासबाट नै मुलुकमा समृद्ध कायम हुने हुँदा यसतर्फ ध्यान दिन व्यवसायी क्रियाशील हुनुपर्ने बताए । मन्त्री पोखरेलले व्यवसायीका केही गुनासा र समस्या मन्त्रिपरिषद्को बैठकमा लगी छलफलका माध्यमबाट समाधान गरिने विश्वास दिलाउँंदै टोलीबद्ध भएर काम गर्न आग्रह गरे । 


Advertisement

संघका अध्यक्ष सन्तोषकुमार ढुंगानाले समृद्ध कायम तथा रोजगार उपलब्ध गराउन व्यवसायीको ठूलो भूमिका रहेको बताए । संघअन्तर्गत मोरङमा ३ सय व्यवसायी आबद्ध छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्