कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
लगातारको वर्षासँगै परेको हिमपातका कारण शुक्रवार दिउँसोबाट अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अहिले सञ्चालन भएको छ ।
सडक डिभिजन कार्यालयको डोजर, स्थानीय र प्रहरीको सहायतामा राजमार्ग शनिबार दिउँसोबाट सञ्चालन गरिएको हो ।
लामो समयपछि राजमार्ग सञ्चालन भएपछि अहिले उक्त क्षेत्रमा शुक्रवारदेखि रोकिएका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।
हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौं यातायातका साधन तथा यात्रु शुक्रवार रातिदेखि उक्त राजमार्गको हगुल्ट भन्ने ठाउँमा अलपत्रमा परेका थिए । हिमपातसँगै चिसो बढेकाले यहाँको जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण अवरुद्ध राजमार्ग खुलाइएपनि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क भने अझै सञ्चालन भएको छैन । पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले शुक्रवार रातिदेखि सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।
अवरुद्ध भएको सञ्चार सञ्चालन गर्न अझै समय लाग्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ ।
शुक्रवार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरण गरिएको एडीएसएल लगायतका इन्टरनेट सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ ।
ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएपनि मोबाइल सेवा तथा हटस्पोट इन्टरनेट सेवा भने आंशिक रुपमा सञ्चालन रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...