×

NMB BANK
NIC ASIA

कांग्रेसमा महाधिवेशनको सकस : देउवा–पौडेल वार्ताले निस्किएला निकास ?

मंसिर २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा शनिवार बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब १ घण्टासम्म भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याएका थिए । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो विषयबारे शनिवार साँझसम्म दुवै पक्षका विवाद समाधानका लागि गठित वार्ता समितिबीच छलफल भई सहमति खोजिने प्रवक्ता शर्माले बताए ।

Vianet communication
Laxmi Bank

वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ । 

दुवै पक्षबीच सहमति नभएपनि आइतवार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नियमित सञ्चालन गर्ने र केन्द्रीय विभाग गठनबारे छलफल गर्ने संस्थापन पक्षको तयारी छ । मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो । 

बिहीवारको बैठकमा केन्द्रीय निर्वाचन समितिले विधान बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ/नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन केही बाँकी रहेको अवगत गराएको थियो । मंसिर १४ गतेको उपनिर्वाचनका कारण केही जिल्लामा बाँकी रहेको अन्तरिम समायोजनसम्बन्धी कार्य अबको १८/२० दिनपछि सम्पन्न हुने र महाधिवेशनकोे कार्यतालिका तय गर्ने निर्वाचन समितिको योजना छ । 

यसैगरी बिहीवारको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जनलगायत प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो । संस्थापन पक्षले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव प्रस्तुत गरेको हो ।

पार्टी विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ ।

उपनिर्वाचनको समीक्षा, भातृ संघ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो ।

कांग्रेसको १३ औं महाधिवेशन विक्रम संवत् २०७२ फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाविधेशनमा नेता देउवाले अर्का नेता पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४ औं महाधिवेशन गर्नुपर्ने हुन्छ तर कांग्रेसमा विधानमा उल्लेखित १ वर्षसम्म अवधि बढाउन सक्ने प्रावधानमा टेकेर नेतृत्वले आफ्नो कार्यसमितिकोे म्याद ५ वर्ष पुर्‍याउने परम्परा रहेको देखिन्छ । 

कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि ४ वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा १ वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ । – भीष्मराज ओझा/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x