बेमौसमी वर्षाले काँचो इँटामा क्षति

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

५ नम्बर प्रदेशमा शुक्रवार परेको वर्षाका कारण इँटा उद्योगमा क्षति भएको छ ।

प्रदेशका अधिकांश इँटा उद्योग तराईका जिल्लामा छन् । 


Advertisement

बेमौसमी पानीका कारण प्रदेशका ७ वटा जिल्लामा रहेका उद्योगमा राखिएका इँटा पानीले नष्ट गर्दा व्यवसायीलाई करीब ८६ करोड ६८ लाख रुपैयाँ बराबर नोक्सान हुन पुगेको इँटा व्यवसायी संघ प्रदेश अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

‘काँचो इँटा नष्ट भएसँगै इँटा व्यवसायीमा ठूलो मारमा परेका छन्,’ इँटा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव अजय गुप्ताले भने, ‘यो हरेक वर्षको समस्या हो । यस समस्यालाई मध्यनजर गरेर हामी पटक–पटक सरकारसँग इँटा व्यवसायलाई बीमाको व्यवस्था गरिदेऊ भनेका छौं तर सरकारले सुन्दैन । इँटा व्यवसायी हरेक वर्ष समस्यामा परिरहेकै छ ।’


Advertisement

बेमौसमी वर्षाका कारण इँटा उत्पादनमा कमी आउने र उत्पादन लागत समेत बढ्न सक्ने व्यवसायीको दाबी छ । प्रदेशको नवलपरासी पश्चिममा २ करोड, नवलपरासी पूर्वमा २ करोड, कपिलवस्तुमा ३ करोड, रुपन्देहीमा ३ करोड ५० लाख, दाङमा २ करोड २५ लाख, बाकेमा ३ करोड, बर्दियामा २ करोड ५० लाख गरी जम्मा १८ करोड २५ लाख काँचो इँटा नष्ट भएको संघले जनाएको छ ।

व्यवसायीको ठूलो लगानी डुबेकाले इँटा बनाउन प्रयोग हुने माटो र भस्कटमा लाग्ने रोयल्टीमा मिनाह गरिदिन समेत व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

बेमौसमी वर्षाका कारण काँचो इँटा नष्ट हुँदा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले इँटा उद्योगको संरक्षण गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्