२६ जेठ २०८३, मंगलबार

सुडानी अदालतको आदेशः पूर्वराष्ट्रपति बसिरलाई दुई वर्ष नजरबन्दमा राख्नू

मंसिर २८, २०७६
सुडानी अदालतको आदेशः  पूर्वराष्ट्रपति बसिरलाई दुई  वर्ष नजरबन्दमा राख्नू

 सुडानका पूर्वराष्ट्रपति ओमार अल–बसिर दुई वर्ष नजरबन्दमा रहने भएका छन्। 

आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश त्यहाँको अदालतले दिएको हो। उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो ।

 न्यायाधीश अल–सादिक अब्देल रहमानले अदालतको निर्णय सुनाउँदै भने, ‘आफ्नो कार्यकालमा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्व राष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको छ।’  अदालतले उनलाई दुई वर्ष सामुदायिक सुधार केन्द्रमा पठाउने सजाय गरेको हो।

सुडानको कानून अनुसार  कुनै पनि ७० वर्ष काटेको नागरिकलाई जेल सजाय गर्न मिल्दैन । त्यसैले उनलाई सामाजिक सुधार गृहमा नजरबन्दमा राख्नसक्ने निर्णय सुनाएको बताइएको छ।

७५  वर्षीय बसिरले उनमाथि लागेको अर्को मुद्दा, जुन अदालतमा विचाराधीन अवस्थामा छ, माथि सुनुवाईपछि हुने फैसलापछि नजरबन्दको सजाय सुरू हुनेछ । भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिई निर्दोष नागरिकको हत्यामा सम्लग्नता रहेको भन्दै बसिरमाथि दोस्रो मुद्दा पनि लागेको छ । 

गत अप्रिलमा बसिरलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्