माइतीघर–तीनकुने रुटमा साइकल चलाउँदै चुनावी घोषणापत्र सम्झिए मेयर शाक्यले

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठूला सडक महानगरको क्षेत्राधिकारमा नभएकाले इच्छा र श्रोत भएर पनि काम गर्न कठिन भएको बताएका छन्।

शनिबार माइतीघर मण्डलादेखि तीनकुनेसम्मको रुटमा साइकल ¥यालीको शुभारम्भ गर्दै मेयर शाक्यले एकीकृत र समन्वयात्मक विकासका लािग महानगरले नेतृत्व गरिरहेको बताए।


Advertisement

काठमाडौंलाई साइकल सिटी बनाउने  आफ्नो चुनावी घोषणा पत्रमा पनि उल्लेख रहेको उल्लेख गर्दै मेयर शाक्यले भने, ‘म त्यसमा प्रतिवद्ध छु । तर, ठूला सढक महानगरको जिम्मामा नभएकाले सोच कार्यान्वयन हुन सकिरहेको छैन । सोच कार्यान्वयन गर्ने वातावरण तयार भइरहेको छ । साइकल मार्गसँगै पैदल यात्रीलाई सहजतापूर्वक हिँड्ने बाटो बनाउने, सढक सुरक्षा र पार्किङ् व्यवस्थापनमा एकीकृत कार्यक्रम गर्ने हाम्रो लक्ष्य हो ।’ 

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले साइकल यात्रालाई व्यवस्थापन गर्न सके सहरी यातायात, वातावरण र सहरी स्वास्थ्य सुधारमा सघाउ पुग्ने बताइन्।  साइकल यात्रीहरुको उत्साहलाई प्रबर्धन गरेर सहरलाई साइकल यात्रा गर्न सहज बनाउने प्रतिवद्धता उनले जनाइन्।


Advertisement

काठमाडौंलाई साइकलमैत्री बनाउन महानगरको सहरी योजना आयोगले  मातीघरदेखि तीनकुनेसम्म लेन व्यवस्थापन गर्ने, अन्य ठाउँमा साइकल मार्ग तयार पार्दा आवश्यक पर्ने इञ्जिनियरिङ् सम्बन्धि जानकारी पुस्तिका तयार पार्ने र एउटा साइकल लेनलाई अर्को लेनसम्म सञ्जाल गर्ने गरी ३ वटा कामलाई प्राथमिकतासाथ अघि बढाएको छ । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले, सबैको सहभागितामा योजना प्रभावकारी कार्यान्वयन हुने बताए।

माइतीघरदेखि तीनकुनेसम्मको क्षेत्रमा साइकल गुडाउन आजभन्दा ६ बर्ष अगाडि नै काम थालिएको थियो । तर, गलत डिजाइनका कारण यो सञ्चालनमा आउन सकेको थिएन, नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले अनुभव सनाए।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्